भगवानपुरमा दुसरा माघी मिलन थारु साँस्कृतिक महाेत्सव शुरु।

Monday, 14 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,,
कपिलवस्तु:= "हम्मनके संस्कृति हम्मनके शान, भुमीपुत्र थारु हमारे बचाई अपन पहिचान" भन्ने मुल नारा सहित दुसरा माघी मिलन साँस्कृतिक महाेत्सव अाइतबारदेखि शुरु भएको छ । 

     जिल्लाको शिवराज न.पा-९, शिवगढी, भगवानपुरकाे प्राङ्गणमा शुरू भएकाे महाेत्सवमा थारु समुदायकाे लाेप हुँदै गएकाे पुर्खाैली इतिहास जाेगाउने साथै नयाँ बर्ष-२६४३ काे रूपमा हर्ष उल्लासका साथ मनाइने उद्देश्यले कार्यक्रम अायाेजना गरिएकाे महाेत्सव संयाेजक रमेश थारुले बताउनु भयाे ।


     कार्यक्रममा थारु कला संस्कृति भेषभुषाको प्रदर्शन विभिन्न थारु जातिले खाने परिकारको स्टल, थारु नाच, माघी नाच, मयुर नाचको प्रस्तुती रहने महोत्सवका उप संयोजक भिखु थारुले बताए । विगतका वर्षहरुमा जस्तो यस वर्ष पनि माघी नयाँ बर्षकाे उत्सवकाे रूपमा मनाउनकाे लागि सो महोत्सव आयोजना गरिएको भगवानपुर गाउँ निवासी दु:खराम थारुले बताएका छन् ।

     महोत्सवमा थारु सामाग्रीहरु डोकनी, पिर्का, मचिया, ढकिया, धडिया, छतरि, हर जोठा सजाएर राखिएको छ । यसैगरी खानाकाे परिकारमा खिचरी, गगंटाे, मेठौरी, खरिया, ढिक्री, सिन्की लगाएतका खाना परिकार पनि राखीएको छ । भगवानपुर गाउँ समाजको आयोजनामा आयोजित उक्त महोत्सवलाई प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले उद्धघाटन गर्नुभएकाे छ ।



     साँस्कृतिक महोत्सवको समुद्धघाटन गर्दै सांसद अभिषेक प्रताप शाहले थारु समुदायको हक हितको लागि स्थानीय तह देखि सांसद सम्म समन्वय गर्नुपर्ने शाहले बताउनुभयो । थारु समुदायको मुख्य पर्वको रुपमा रहेको माघी पर्वले सवैमा सद्भाव र भाइचाराको सम्वन्ध स्थापित हुनेमा जोड दिनुभयाे । थारु समुदायका कला संस्कृति संरक्षण गर्न मेला महोत्सव आयोजना गर्नुपर्ने बताउँदै थारु समुदायको वाहुल्यता रहेको कपिलवस्तु जिल्लामा पहिचान जोगाउन एक जुट भएर लाग्नुपर्ने सांसद शाहले जिकिर गर्नुभयो ।

     उक्त कार्यक्रममा शिवराज नगरपालिका उप-प्रमुख शिवकुमारी थारुले महोत्सवमा थारु पहिचान झल्कने सामाग्री सजाएर राखीएकोमा खुसी व्यक्त गर्दै पछिल्लो समयमा थारु सामग्रीहरु लोप हुदै गएको भन्दै संरक्षण गर्न अावश्यक रहेकाे उप-प्रमुख थारुले बताउनुभयो ।

     महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजाेड प्रस्तुतीहरु रहने आयोजकको भनाई रहेको छ । यसैगरी भाेली चर्चित गायक  श्री निवास चौधरी र निकै सुमधुर स्वरका धनी गायिका अन्नु चाैधरी थारु लगायत कलाकारहरुकाे प्रस्तुति रहने साँस्कृतिक संयोजक शिवराज थारुले बताउनुभयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu