निशान प्रकृति थारु
झुम्का:= थारु महिला तथा थारु समुदायको सबभन्दा ठुलो चार्डको रुपमा रहेको जितिया भब्य रुपमा मनाउने तयारी गरिएको छ ।
झुम्का:= थारु महिला तथा थारु समुदायको सबभन्दा ठुलो चार्डको रुपमा रहेको जितिया भब्य रुपमा मनाउने तयारी गरिएको छ ।
थारू महिला सभा सुनसरीको आयोजना असोज १६ गते झुम्कामा जितिया महोत्सव कार्यक्रम मनाउने भएको हो ।शुक्रबार झुम्कामा भएको पत्रकार सम्मेलनमा थारु महिला सभा सुनसरीकी अध्यक्ष राजोदेबी चौधरीले थारु जातिको पहिचानको रुपमा रहेको जितिया पर्व एकताको प्रतिकको रुपमा मनाउने तयारी भएको बताइन छिन।
थारु महिलाहरुले जितिया पर्वलाई परिवारमा सुख,शान्ति तथा परिवारको दीर्घायु होस भनि कामना गरेर मनाउने चलन रहेको चौधरीले बताएकी हुन ।
कार्यक्रममा थारु कल्याणकारीणी सभाका नव निर्वा्चित सुनसरीका सभापति सुरेन्द्र कुमार चौधरी, थारु नेताहरु मनोज चौधरी, लक्ष्मण चौधरी लगायत थारु महिला नेतृहरुको सहभागीता रहेको थियो ।