सुनिल चौधरी,,
झुम्का:=रामधुनीको झुम्का स्थित रहेको सम्बोधन बचत तथा ऋण सहकारीको आईतवार पाँचौ साधारण सभा समपन्न भएको छ । रामधुनी नगरप्रमुख जयप्रकास चौधरीले साधारण सभाको खुल्ला सत्र उद्धघाटन गर्नु भएको थियो ।
सहकारीका अध्यक्ष डिल्ली कार्कीले आ.ब. २०७४÷७५ को आयब्य प्रस्तुत गर्दै ३ करोडको कारोबार भएको जानकारी दिनु भयो । सो आर्थिक बर्षमा १ लाख ६६ हजार २ सय १० रुपैया खुद नाफा भएको प्रतिवेदनमा उल्लेख रहेको छ । सहकारीको पाँचौ बर्ष सम्म आईपुग्दा ६ सय ३५ सेयर सदस्य छन् ।
सहकारीका अध्यक्ष कार्कीको सभाभतित्वमा भएको सो कार्यक्रममा रामधुनी नगर सहकारी प्रमुख अभिनारायण भट्टराई ,झुम्का रेडक्रश उपशाखा अध्यक्ष ईश्व घिमिरे,झुम्का उधोग बाणिज्य संघ प्रथम उपाध्यक्ष तथा स्वर्णिम बचत तथा ऋण सहकारीका अध्यक्ष सुजित राय, उधोग सचिव भरत कार्की, रामधुनी लायन्स क्लवका अध्यक्ष दुर्गा फुयालको आथित्यता रहेको थियो ।
