हमार सनेश सहकर्मी ,,
काठमाडौँ:= एक्स्पोज नेपालद्वारा आयोजित सौन्दर्य प्रतियोगिता मिस्टर नेपाल २०१८ मा मिस्टर थारु २०१७ का बिजेता चन्दन चौधरी मिस्टर नेपाल म्यान अल्टिट्युड २०१८ र बेस्ट फोटोसुट गरि दुई वटा बिधा हात पार्न सफल भएकाछन।
प्रतियोगिताको अन्तिम चरणमा प्रवेश हुन सफल भइ “नेपालमा अहिले पछिलो अबस्थामा थुप्रे बलत्कृत घटनाहरु घटिरहेका छन् यसलाई ध्यानमा राखेर दोषिलाई कुन सजाई सबैभन्दा उपयुक्त र कडा दण्ड दिन आवश्यक छ?” भन्ने प्रस्नको जवाफमा उनले अन्य प्रतिस्प्रधीलाई उछिन्दै “मिस्टर नेपाल म्यान अफ अल्टिट्युड २०१८” को उपाधी जित्न सफल भएका हुन। चन्दनले उपाधी संगै २०,००० नगद पुरस्कार प्राप्त गरे भने थाइल्यान्डमा हुने अन्तरास्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अबसर पाउनेछन।
असोज १३ गते होटल अन्नपूर्णमा सम्पन्न प्रतियोगितामा बिकल्प श्रेष्ठ मिस्टर नेपाल वर्ड हुन सफल भए भने ; सुशन महर्जन – मिस्टर नेपाल युनिभर्सल अम्बेस्डर , सन्दीप केसी – मिस्टर नेपाल म्यान द इयर , प्रदिप न्योपाने- मिस्टर नेपाल म्यन अफ इन्टरनेसनल , सागर परियार – एक्सपोज नेपाल टुरिजम , सबिन बराल – एक्सपोज नेपाल युथ अम्बेस्डर , दिपेश श्रेष्ठ एक्स्पोज स्पोर्ट्सको उपाधी जित्न सफल भए। इभेन्टलाई दिक्पाल कार्कीले परिकल्पना गरेका थिए।
