कोरिया := कोरियाको छुङछङनाम्दो होङसङ ख्यलसङस्थित बंगुर फार्ममा एक नेपालीको मृत्यु भएको छ। यो खबर थारुवान डटकममा छापिएको छ।मृत्यु हुनेमा कैलाली टीकापुरका २८ वर्षीय प्रमोद चौधरी रहेको बताइएको छ। उनी सुतेकै अवस्थामा मृत भेटिएका थिए।
कोरिया अाएको तीन वर्ष भएको बुझिएको छ। सो फार्ममा हाल मृतकसँगै एक जना नेपाली कामदार रहेका छन् । नेपाल राजदूतावासमा पनि यसबारे जानकारी गराइएको सँगै रहेका खगराज ढुंगाना जनाएका हुन्। हाल मृतकको शवलाई पोष्टमार्टमका लाागि हस्पपिटल लगिएको छ।