हमार सनेश सहकर्मी ,,
मलेसिया := सिङापुरमा आयोजना गरिएको 38th गोजुकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको तर्फबाट नेपाल ओकिनावा शुरिकेन शोरिनरियो कराते संघका खेलाडी आर्यन रन्जित र सागर शाहीले कास्य पदक बिजेतालाई नेपाली प्रवासी सितोरियो कराते संघ,मलेशियाले बुधबार एक कार्यक्रम गरि सम्मान गरिएको छ I
यस् ३८ औं गोजुकाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी कृति गौतम ,नेपाल ओकिनावा शुरिकेन शिरिनरियोका प्रमुख सल्लाहकार तथा टिम म्यानेजर रामकृष्ण श्रेष्ठ"बोस", अध्यक्ष तथा टिम कोच, सेन्साइ संजय रन्जितलाई क्वालालम्पुर, कोतरायाको मण्डला रेस्टुरेन्टमा खादा,दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरि भब्यताका साथ सम्मान गर्नुका साथै बिदाइ पनि गरिएको थियो I
सम्मान तथा बिदाई कार्यक्रम्मा सहभागी अतिथिहरुमा नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका अन्तर्राष्ट्रिय रेफ्री तथा कोषध्यक्ष लक्ष्मी छेत्री, सचीव भिम महरा , नेपाली जनसम्पर्क समिति मंच मलेसियाका कोषाध्यक्ष हरि कोइराला , खड्का बहादुर पुन , मगर , राजेन्द्र सापकोटा , गणेश हुमागाईको विशेष उपस्थिति रहेको थियो I
नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइरालाको सभापतित्वमा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका महासचिव सोनामनोर्बु बोम्जन तामाङले गरेको थियो।
