टीकापुर पुगेर महतोले भने- ‘अपूरो संविधानको उत्सव कसरी मनाउन सक्छौं?

Wednesday, 19 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लखन चौधरी,,
धनगढी := राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलालीको टीकापुर पुगेर आफूहरू संविधान दिवस कुन अर्थ मनाउन सक्ने भन्दै विरोध जनाएका छन् ।

टीकापुरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महतोले आफूहरूले राख्दै आएको संविधान संशोधन लगायत माग अझैसम्म पूरा नभएको भन्दै संविधान दिवस मनाउन नसक्ने स्पष्ट पारे ।
मुलुकमा दुईथरिका व्यवहार भइरहेको टिप्पणी गर्दै उनले मधेसीलगायत पछाडि पारिएका समुदायका माग पूरा गर्न सरकार अझै गम्भीर नभएको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आफूहरूका माग पूरा गर्ने आश्वासन दिएकाले अहिलेसम्म पर्खेको समेत उनको भनाई थियो ।

उनले टीकापुर घटना लगायत तराई मधेसका जिल्लामा आफ्ना कार्यकर्तालाई आन्दोलनको क्रममा राज्यले प्रतिशोध साँध्न पक्राउ गरेको बताउँदै उनीहरूलाई रिहाइ गर्नुको कुनै विकल्प नरहेको बताए ।
कार्यक्रममा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले संविधानमा भएको सीमांकन आफूहरूलाई मान्य नभएको बताए । उनले टीकापुर घटनामा संलग्नताको आरोपमा पक्राउ गरिएका सांसद रेशम चौधरीलाई अपराध पुष्टि नभएसम्म सपथ ग्रहण गरी संसदमा भाग लिने अवस्था राज्यले बनाउनुपर्नेमा जोड दिए । झाले भने, ‘अहिलेको सरकारले मधेस मुद्दा र पहिचानसहितको अधिकार संविधानमा व्यवस्था गर्नुपर्छ ।’

यसैबीच, धनगढीमा संविधान दिवसलाई लक्षित गरी विरोधसभा आयोजना गरिएको छ । थारु कल्याणकारिणी सभा कैलाली, थरुहट थारुवान संयुक्त संघर्ष समितिको आयोजनामा विरोध सभाको आयोजना गरिएको हो । कार्यक्रममा राजपाका नेताहरू, पहिचान पक्षधर नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले बताए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu