निर्मलाको आमाबुबाको चीत्कार :- हामीलाई पनि गोलि ठोक सरकार ।

Wednesday, 19 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:=कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै अधिकारकर्मीको टोलीसहित काठमाडौं आइपुगेका मृतकका बुवा–आमाले रुँदै सरकारसँग न्यायको याचना गरेका छन् ।
बलात्कारपछि हत्या गरिएकी निर्मलालाई न्याय माग गर्दै कञ्चपुरका केही अधिकारकर्मीसहित काठमाडौं आइपुगेका पन्त दम्पतीले बिहीवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा रुँदै न्याय दिलाउन नसके आफूलाई पनि गोली हानेर मार्न सरकारलाई आग्रह गरे । 


पत्रकार सम्मेलनमा भक्कानिँदै मृतक निर्मलाका बुवा यज्ञराज पन्तले छोरीको हत्या भएको घटनाबारे सुनाउँदै भने, ‘सरकार कि हत्यारा सार्वजनिक गर कि हामीलाई पनि गोली हानेर मारी दे !’
छोरीको साइकल भेटिएपछि निर्मलाकी साथीकी दिदी बबिता बमले साइकल भेटिएको भए लास पनि त्यतै होला भनेर भनेको प्रसङ्ग सुनाउँदै गर्दा उनी सम्हालिन सकेनन् । यज्ञराजको भक्कानोसँगै पत्रकार सम्मेलनमा उपस्थित सबैका आँखा ओभानो रहेनन् । रुमालले आँशु पुछ्दै उनले थपे, ‘उसलाई कसरी थाहा भयो ? त्यति प्रमाण मिल्दामिल्दै पनि सरकारले उल्टै त्यसलाई संरक्षण गरिरहेको छ । कि हामीलाई न्याय चाहियो कि हामीलाई पनि मारी देऊ ।’
उनले घटनाका सम्बन्धमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति समेत असन्तुष्टि व्यक्त गर्दै भने, ‘प्रधानमन्त्री ज्यूले बोल्नुभएको एउटा कुरा पनि सही छैन,’ उनले भने, ‘मलाई न्याय दिलाउनुपर्यो जसरी भएपनि ।’
पत्रकार सम्मेलनमा निर्मलाकी आमा दुर्गादेवी पन्तले आफूलाई जसरी पनि न्याय दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा शर्मा ओलीलाई आग्रह गरिन् । न्याय दिन नसक्ने भए ‘हामी सक्दैनौं’ भनेर आफूलाई पनि गोली ठोकिदिन उनको आग्रह छ ।
निर्मलाका आमाबुवासँगै आएका स्थानीय अधिकारकर्मीले न्याय नपाई कञ्चनपुर नफर्किने बताए।
साभार:-लोकान्तरबाट
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu