हमार सनेश सहकर्मी ,,
कुलदिप चौधरी,,
इटहरी := पुर्वको सुन्दर नगरी इटहरिमा कृष्कहरुको सेवालाई ध्यानमा राखि पशु डाक्टरहरुले ल्याब क्लिनिक खोलेको छ । वैदेशिक रोजगार बाट दिकदार बनेका नेपाली दाजु भाइहरु केही वर्ष एता कृषि पेसामा आकर्षकन बनेका कृषिकहरुको भरपर्दो उपचार सेवा सुबिधालाइ मध्यनजर गरदै यो क्लिक ल्याब खोलेको डाक्टर मनाेज महतोले जानकारी गरएको छ ।
नेपाल कृषिप्रधान देश भएकोले स्वदेशमै रोजगारिको अवसर धेरै भएकोहुदा कसैलेपनि रुपैया पैसाकोलागि विदेशनु न पर्ने र आफनै देशमा रोजगार अवसर लिनुपर्ने डा : महतोको भनाइ रहेको छ । आज भएको उद्घाटन समारोह कार्यक्रममा पुरानो गाई पालक कृषक उमेर लगभग ६५ को बृधा गोपाल थापले रिवन काटि उद्घाटन गरेको पुर्व अञ्चल भेट् फर्माका प्रोपाइटर चन्द्र कटुवालले जानकारि गराएको छ । यश उद्घाटन कार्यक्रम मा पशु प्राबिधिक , किसान र चौधरी भेटेरिनरि सप्लायर्सका प्रो कुलदिप चौधरीको उपस्थिति रहेको थियोे ।
यश पुर्वाअन्चल भेट् फर्मा क्लिनिकमा डा: मनोज महतो, डा: जय बिक्रम शाह, डा:रुस्तम थापा क्षेत्रि र डा: रबिन राई रहेका छन। इटहरिका आसपस र पुर्वा अञ्चलकै कुखुरा पालक, गाई पालक , भैंसी पालक र बुगुर पालक किसानहरुकोलागी सुनोलो अवसर आएको उपस्थित कृषकहरुको भनाइ रहेको छ ।
