हमार सनेश सहकर्मी ,,
झुम्का:=रेडियो रामधुनीकर्मि सहित तीन पत्रकार सुनसरीमा सम्मानित भएका छन् । लायन्स क्लव अफ रामधुनीको सन् २०१८-१९ को समितिका पदाधिकारीहरुलाई शुक्रबार पदस्थापन गर्ने कार्यक्रममा नगद राशिसहित सम्मानपत्रले पत्रकारलाई सम्मानित गरिएको हो ।
लान्यस क्लवका डिस्ट्रिक गर्भनर (एम.जि.एफ) तथा कार्यक्रमका प्रमुख अतिथी अनन्तप्रसाद भेटवालले पत्रकारलाई सम्मानित गर्नुभयो । सम्मानित हुनेमा नेपाल पत्रकार महाँसंघ सुनसरीका सदस्य तथा रेडियो रामधुनीकर्मि सुनिल चौधरी, एभिन्युज टेलिभिजनका कृष्ण जुनेली र आदिवासि जनजाति महाँसंघ सुनसरी (फोनिज) का अध्यक्ष धिरेन्द्र चौधरी छन् ।
सत्य तथ्य सामाचार सम्प्रेसनगरी स्थानीय स्तरमा जागरुकता प्रवाह गरेको भन्दै पत्रकारलाई संस्थाले सम्मानित गरेको बताएको छ । संस्थाका अध्यक्ष दुर्गाप्रसाद फुयालकाअनुसार पत्रकारिताका माध्यमबाट पत्रकारले समाजलाई जागृत गर्ने काम गरेकाले सम्मानित गरिएको हो ।
त्यसैगरी रामधुनी ३ स्थित लायन्स चोकको शुक्रबार नै उदघाटन गरिएको छ । पकलीको कान्छि चौकदेखि दुई किलोमिटर पश्चिम परियापुर जाने बाटो राजमार्ग छेउमै लायन्स क्लव अफ रामधुनीले लायन्स चोक निर्माण सम्पन्न गरेर त्यसको उदघाटन गरेको हो ।
६ लाख रुपियाँको लागतमा निर्माण गरिएको चोकमा सखुवाको रुख र सो रुखमा लायन्सको लोगो राखिएको छ । सो कार्यक्रमबाट लान्यस क्लव अफ रामधुनीका बर्तमान अध्यक्ष फुयाल, प्रथम उपाध्यक्ष पुष्प कार्की, दितिय उपाध्यक्ष डिल्लीराम गुरागाई, तृतिय उपाध्यक्ष आशा चौधरी, सचिवमा कमल थापा, कोषाध्यक्षमा पुष्प दाहाल लगायत सदस्य सिता चौधरीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पदस्थापन गराएका छन् ।
रामधुनी नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी, लायन्स क्लवका निर्बतमान अध्यक्ष हर्षलाल चौधरी, डिल्ली कार्की, रामधुनी ५ नम्बरका वडाअध्यक्ष डेगराज फुयालले मन्तब्यसहित कार्यकाल सफलताको सुभकामना व्यक्त गर्नुभयो ।
