मलेसियामा दारु पियर मृत्यु हुनेहरुको नमावली सार्वजनिक/बाराका राधेश्याम बैठा,बर्दियाका प्रबिन थारु अस्पताल भर्ना

Wednesday, 19 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौं:=मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ६ जना नेपालीको पहिचान खुलेको छ ।क्वालालाम्पुरस्थित नेपाली दूतावासले केही समयअघि प्रेस विज्ञप्ती जारी गर्दै मृतक र बिरामी परेका नेपालीहरूको नाम सार्वजनिक गरेको हो ।

नेपाली दूतावासले जारी गरेको विज्ञप्तिका मृत्यु हुनेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डडेल्धुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव र इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ रहेका छन् । यस्तै अर्का मृतक आइतसिंह गोलेको भने जिल्ल यकिन हुन सकेको छैन ।विषाक्त मदिरा सेवनबाट बिरामी भएका १६ जना नेपालीको पनि पहिचान खुलेको र उनीहरूमध्ये चारजना डिस्चार्ज भइसकेको क्वालालाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

मलेसियाको सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवन गर्दा नेपालीहरू बिरामी परेको खबर आएपछि मलेसियाका लागि नेपाली राजदूत कुमारराज खरेलका अस्पताल पुगेका थिए ।

मृत्यु हुनेको पोष्टमार्टम रिपोर्ट आउँन बाँकी रहेको दूतावासले जनाएको छ । विषाक्त मदिराको विषयमा मलेसियन प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मलेसियामा रहेका नेपालीहरूलाई स्वास्थ्य र सुरक्षामा सतर्क रहन समेत दूतावासले आह्वान गरेको छ ।
हेर्नुस्, मृतक र बिरामी परेका नेपालीको पूरा विवरण:

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu