“जितिया”पर्वमा सार्वजानिक बिदाको माग गर्दै थारु महिला सभा सुनसरीको ईटहरीमा पत्रकार सम्मेलन

Monday, 1 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
ईटहरी:= थारु समुदायको बिभिन्न पर्वमा सार्वजानिक बिदाको माग गर्दै पत्रकार सम्ममेलन गरेको छ । थारु महिला सभा जिल्ला कार्यसमितिले ईटहरीमा आइतबार पत्रकार सम्मेलन गर्दै जितिया,समाचखेवा,फगुवा, माघि पर्वमा सार्वजनिक बिदाको माग गरेका हुन् ।

जितिया पर्वको अवसरमा जिल्ला महिला सभाले असोज १५ गते ईटहरी चौकमा कार्यक्रम गर्ने समेत पत्रकार सम्मेलनमा जनाएको छ । कार्यक्रममा प्रमुख अतिथी पुर्व उपप्रधान मन्त्रि तथा माननिय सांसद बिजय कुमार गच्छदारको प्रमुख आतिथ्यता रहने जिल्ला अध्यक्ष शुसिला लेखिले बताईन् । कार्यक्रममा शन्देस मुलक जितिया नाटक,किसान नाटक,धुम्रानाच,झुमैर,बिरहैन,थारु भाषाको आधुनिक गितमा नृत्य लगायत जिल्लाका नगर सभाबाट आएका समुहहरुको प्रस्तुती रहने अध्यक्ष लेखिले बताईन् ।

मागमुद्धाकै क्रम्म थारुहट सहिद प्रतिष्ठान स्थापना गरि थारु समुदायको पक्षमा बिभिनन बिकासका कार्यहरु गरियोस,आई,एल,ओ, १६९ लागु गरियोस,केन्द्र प्रदेश तथा स्थानिय निकाय सरकार लगायत हरेक तहमा जातिय जनसंख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चिता,टिकापुर घटनाको उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन अलिम्ब सार्वजानिक गर्दै कैलालि क्षेत्र नं. १ बाट अत्याधिक मत प्राप्तगरी प्रतिनिधि सदस्य पदमा बिजयी भएका थारुहट आन्दोलनकर्मी रेशम चौधरीलाई निशर्त रिहाईगरी सपथ ग्रहण गरियो भन्दै माग गरेको थारु कानुन ब्यवसायी केन्द्रि अध्यक्ष रामराज चौधरीले बताए ।

पुत्र सुख सान्ति र लामो आयुको कामना गर्दै मनाईने जितिया पर्व धार्मिक आस्थाले ठुलो महत्व रहेको बताउदै कुल्दिप चौधरी,धिरेन्द्र चौधरी,अशोक चौधरी,सुनिता चौधरीले आफनो धारणा ब्यक्त गरेका थिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu