थारु महिला उत्थान समाजको “ओठघन” कार्यक्रम सम्पन्न

Monday, 1 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:=थारु महिला उत्थान समाजको अयोजनामा सामुहिक रुपमा आईतवार “ओठघन” (दर) खाएका छन् । महिलाहरु भेला भएर एक आपसमा जितियाको शुभकामना आदान प्रदान गर्दै रामधुनि वडा नं. १ जितमहान चौक झुम्कामा “ओठघन”  खाएका हुन् । 

जितिया गर्नु भन्दा पहिले “ओठघन”  खाएर पर्वमा उपवास गर्ने चलन रहेको छ । यसलाई थारु भाषामा “ दिया पुताके ढोईक सुताई लिए, अपलेलिए भोईर थारी”भन्ने भनाई पनि रहेको छ ।  लाह्यको दिन राति उठि बर्तालु महिलाले दुध, दहि ,माछा,मासु फल फुल मरुवाको रोटि मिठाई तथा बिभिन्न किसिमका परिकार खाने गर्छन यसलाई“ओठघन”  भनिन्छ । महिलाहरुले ओठघन खाएर ब्रतबस्ने धार्मिक मान्यता रहेको छ । ब्रत पछि पारण गरेर बिधिवत जितिया ब्रत समपन्न गर्ने गर्छन् ।

उत्थान समाजले जितियाको अवसरमा असोज १६ गते गर्न लागेको जितिया साँस्कृतिक तथा बक्तृत्वकला २०७५ कार्यक्रमको त्यारीहरु गर्नु पर्ने भएकोले लाह्यको एक दिन अगाडीनै ओठघन कार्यक्रम राखेर सम्पन्न गरेको अध्यक्ष सिता थरुनीले बताईन् । 

यो पर्वमा संसारलाई उज्यालो प्रकास दिने साक्षात सुर्य भगवान र उनका कोमल कान्त नयन रुपि पुत्र सालिबाहनका छोरा जितमहानको बिशेष पुजाँ आरधना गरी ब्रत लिएर निराहार बसेर कथा सुन्ने तथा कार्यक्रममा सहभागी भएर रमाईलो गरी मनाईने गरीन्छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu