काठमाडौं := रेशम चौधरीको मुद्दालाई लिएर सरकारमा समेत सहभागी नभएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले रेशम चौधरीको रिहाइ र सपथग्रहणको माग गर्दै आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन लागेको छ ।
राजपा नेपालले रेशम चौधरीको रिहाई र सपथ ग्रहणको मागका साथै संविधान संशोधन, मुद्दा फिर्ता, अन्य बन्दीको रिहाईजस्ता विषय राखेर आज साँझ प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।यद्यपि, यो विषयमा अघिल्लो हप्ता राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो लिएकी थिइन् ।रातोपाटी ड्टकमले समाचार छापेको छ।
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनाव जितेका चौधरीलाई सपथग्रहण नगराईकन जेलमा राखेको विषयमा राष्ट्रपति भण्डारीले चासो लिँदै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बोलाएर जानकारी लिएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक चौधरीलाई रिहाई गरी सपथग्रहण गराउने प्रतिबद्धता जनाएपनि हालसम्म कार्यान्वन नगरेको भन्दै राष्ट्रपति भण्डारी समक्ष राजपा नेपालका एक नेताले गुनासो गरेका थिए । आनौपचारिक रुपमा गुनासो गरेपछि उनले सभामुख महरालाई बोलाएर त्यसको बारेमा जानकारी लिएका थिए ।

त्यसको जवाफमा सभामुख महराले आफू सपथग्रहण गराउन तयार रहेको तर त्यसका लागि प्रधानमन्त्री ओलीले आफूलाई भन्नुपर्ने प्रतिक्रिया दिइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । ‘रेशम चौधरीलाई सपथग्रहण गराउन आफूलाई कुनै आपत्ति छैन, प्रधानमन्त्रीले भन्नुभयो भने म आजै सपथग्रहण गराउँछु,’ उनले भनेका थिए ।
त्यसपछि राष्ट्रपति भण्डारीले यस विषयमा आफूले प्रधानमन्त्री ओलीसँग कुरा गर्ने आश्वसन सभामुख महरासँग राखेकी थिइन् । टिकापुर घटनाको आरोपमा राजपा नेपालका नेता चौधरी अहिले थुनामा रहेका छन् । रिहाई र सपथग्रहणको माग राख्दै वीर अस्पतालमा अनशन बसेका चौधरीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जुश खुवाएर अनसन तोडाएका थिए ।

प्रधानमन्त्री ओलीले त्यतिबेला पनि राजपा नेपालका नेतालाई चाँडै सपथग्रहण गराउन आश्वासन दिएको राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए । त्यतिबेला प्रधानमन्त्री अोलीलाई विश्वासको मत लिने समय थियो ।
त्यसबेला उनले आफै राजपा नेपालका नेताहरुलाई बोलाएर रेशम चौधरीलगायतका अन्य मुद्दाहरु चाँडै टुँगो लगाउने आश्वासन दिएका थिए । तर आठ महिनाभन्दा बढी हुन लाग्यो, हालसम्म सो विषय कार्यान्वयन नभएको गुनासो राजपा नेपालको रहेको छ।