ज्ञानु पाँगेनी,,
नवलपरासी := नवलपरासी पूर्वका ४० जना क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण गरिएको छ ।
सोमवार कावासोतीमा औपचारिक कार्यक्रमको आयोजना गरेर ज्याकेट वितरण गरिएको हो ।
रिटर्नी माईग्रेट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेत र सचिव दिपेन्द्र थनेतको सहयोगमा ज्याकेट वितरण गरिएको हो । वैदेशिक रोजगारीमा रहेका वेला नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले नेत्र थनेतलाई प्रेस ज्याकेट ल्याउनका लागि आग्रह गरेका थिए । उक्त आग्रह अनुसार संगै रहेका दिपेन्द्रलाई समेत भनेर ज्याकेटको व्यवस्था गरेको नेत्रले बताए । ज्याकेट विदेशबाट नै ल्याईएको हो ।
देशको चौथो अंगका रुपमा रहेका पत्रकारका लागि केहि गर्नुपर्छ भन्ने भावना आफुमा पहिलेदेखि नै रहेको र संजोगबस उपाध्यक्ष शर्माले आफुसंग ज्याकेटको प्रस्ताव गरेपछि खुसी समेत लागेको उनले बताए । पत्रकारको पहिचान र सुरक्षाको निम्ती प्रेस ज्याकेट अत्यन्त महत्वपूण भएको हुदा विदेसमा भए पनि गाउ समाजका लागि विभिन्न सामाजिक काम गर्दै आएको आफुले देखेकाले ज्याकेट ल्याउन आग्रह गरेको उपाध्यक्ष शर्माले बताए ।
ज्याकेट उपलब्ध गराएकोमा दुवै जना सहयोगीलाई उनले धनयावाद समेत ज्ञापन गरे । साथै पत्रकारलाई ज्याकेटको सदुपयोग गर्न , दुरुपयोग नगर्न समेत शर्माले आग्रह गरेका छन।कार्यक्रम उपाध्यक्ष शर्माको अध्यक्षता तथा नेत्र थनेतको प्रमुख आतिथ्यतामा भएको थियो ।



