यसरी मनाइन्छ थारु महिलाहरुले जितिया पर्व (लिङ्क खोली भिडियो रिपोर्ट हेर्नुहोस्)

Tuesday, 2 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
राजु चौधरी,,
चितवन:=थारु समुदायका महिलाको विशेष पर्वकारुपमा रहेको जितिया पर्व तराई क्षेत्रमा धुमधामका साथ मनाइँदैछ ।
चितवनसहित थारु बाहुल्य तराईका २२ जिल्लाका महिलाहरुले जितिया पर्व मनाएका हुन् ।

चितवनका थारु समुदायका महिलाहरुले पनि नै धुमधामका साथ जितिया पर्व मनाइरहेका छन् ।हिन्दु धर्मालवम्बी नेपाली महिलाहरुले मनाउने तीजजस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ ।
जितियामा ब्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको थारु अगुवा बताउँछन् ।थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् ।
उनीहरुले जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलापबारे युवा–युवतीहरुलाई जानकारी दिने गरेका छन् ।

पछिल्लो समय जितिया पर्व सुरु हुनुपूर्व नै प्रतियोगितात्मक कार्यक्रमहरु पनि हुने गरेका छन् ।जितिया पर्व लोप हुन नदिन चितवनका थारु महिलाहरु सक्रिय बनेका छन् ।कृष्णपक्ष सप्तमी तिथिदेखि जितिया पर्व तीन दिनसम्म मनाउने प्रचलन छ । ब्रतालु महिलाहरु पहिलो दिन नजिकका नदी, तलाउमा गइ नुहाएर चोखिने गरेका छन् ।
दोस्रो दिनको बिहान भाले नबास्दै दर खाएपछि दिनभर निराहर रहन्छन् । दिनभर आफ्नो दुःख, पीडा समेटेर गीत गाइ नाचगान गर्ने गर्छन् । धार्मिक कथाअनुरुप सूर्यपुत्र जितवाहनको कथा सुन्छन् । यस कथालाई संकटमोचक एवं सफलताको प्रतीककारुपमा नि लिइन्छ ।

तेस्रो दिन (बुधबार) बिहान सूर्योदयसँगै स्नान गरी पूर्णरुपले उपवास बसेका ब्रतालुले स्थानीय नदी किनारमा विष्णु भगवानको आकृति बनाइ विधिवत् पूजा गरेपछि अन्न ग्रहण गर्छन् । योसँगै जितिया पर्वको समापन हुन्छ ।

भिडियो हेर्नुहोस्:-

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu