कुल्दिप चौधरि,,
सुनसरी:=थारु महिलाहरूको कठाेर वर्त र पवित्र पर्व जितिया महोत्सव हर्ष उल्लासका साथ रामधुनिको जित महान चौकमा सम्पन्न भएको छ । बाल वच्चा , घर परिवार र पतिको लामो दिर्घायुको कामना गर्दै थारु महिला उत्थान समाजले भव्यताको साथ विभिन्न कार्यक्रमको आयोजना गरि महोत्सव मनाएको हो।
लोपोन्मुख थारु कला संस्कृतीलाइ उजागर गर्नका निम्ति थारु युवा युवतिहरुलाई आफ्न परम्परा संस्कार संस्कृति लाई जोगाइ राखन प्रेरित गर्दै ववक्तित्वकला थारु गित संगीत र नृत्यलाई प्रस्तुत गर्दै कठाेर वर्तमा बसेका थारु दिदी बहिनिहरुलाइ हौसला बढाएका थिए ।




