रानाथारु विद्यार्थी समाजको प्रथम महाधिवेशन/अध्यक्षमा रवि राना

Sunday, 7 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
राम दहित ,
धनगढी:= रानाथारु विद्यार्थी समाज कैलालीको प्रथम महाधिवेशन शनिबार एक कार्यक्रम बिच सम्पन्न भएको छ ।
महाधिवेशनलाई संघीय संसद सदस्य नारदमुनि रानाले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य रानाले रानाथारु विद्यार्थीलाई एकजुट हुन आग्रह गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सदस्य रानाले राना समुदाय शिक्षाबाट अझै टाढा तथा वञ्चित रहेकोले रानाथारु विद्यार्थीलाई शिक्षाको महत्वबारे बुझाउन समेत आग्रह गरे ।

यसै बिच महाधिवेशनबाट रवि रानाको अध्यक्षतामा राना थारु विद्यार्थी समाज गठन गरेको छ । जुन समाजको उपाध्यक्ष सोनम राना र दिलमाया राना, महासचिवमा राम सिंह राना, कोषाध्यक्षमा मानवी राना, सचिव सरस्वती राना रहेका छन् । साथै सदस्यमा क्रमशः श्रेया राना, डम्बर राना, बासुदेव राना, रिता राना, मोना राना र लेखा सदस्य रंगो राना रहेका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu