धिरेन्द्र कुमार चौधरी,,
रामधुनीः= जेष्ठ नागरीक सरोकार समूहले रामधुनी–१ मा निर्मित समुहको भवनका लागि आर्थिक तथा भैतिक योगदान गर्ने ७३ जना दाताहरु लाई शनिबार सम्मान गरेको छ ।
समूहका सुनसरी अध्यक्ष फौदसिंह थापाले रामधुनी १ स्थित एक कठा जग्गामा ५० लाख रुपैया लागतमा दुई तले भवन निर्माण गरीएकोमा उक्त भवन निर्माणका दाताहरु लाई सम्मानिात गरिएको बताए । भवन निर्माणका लागी मेनमाया थापा ५ पाच लाख रुपैया, हिरण्य प्रसाद ढकाल १ कट्ठा जग्गा, दीपक खडका १ लाख ५१ हजार रुपया, रभि कृष्ण नारायण थापाल १ लाख ११ हजार, १११ रुपया, शक्ति बहादुर थापा १ लाख दुई हजार, फौदसिंह थापाले १ लाख दुई हजार लगायत ७३ जना दाता सम्मानित भएको हो ।
दाताहरु लाई वालसन्त मोहनसरण देवाचार्य र रामधुनी नगर प्रमुख जयप्रकाश चौधरीले प्रमाण पत्र र मायाको चिनो प्रदान गरेका थिए । बालसन्तले धार्मिक प्रवचन दिएका थिए । नगर प्रमुख जयप्रकाश चौधरीले दाताहरुको प्रशंसा गर्दै सबैले उचित ठाउमा सहयोग पु¥याउनु पर्नेमा जोड दिए ।
समूहका अध्यक्ष फौदसिंह थापा, नारायण, कोईराला, दुर्गा बहादुर बस्नेत लगायतले समाज विकासमा सहयोगीहरुको योगदानको कदर गर्दै सहयोगि भावनाको विकास हुनुपर्नेमा जोड दिए ।
