( दसैं विशेष कविता )
दशै नै हो दशाको बलिदान ,
लिन्छन पशुपंक्षी को ज्यान ,
दशै नै हो ग्रह दशाको भान ,
कति निमुखाको जानेभो प्राण ,
साच्चै नै सबै खाने भए
चिउरा भुजा र मिठो मिठो मासु ,
खुशीका लागि बगाउछन अब
आउने दशैमा निमुखा प्रानीको आँसु,
फुलपाती चामलको रातोटिका र जमरा
भए नि दशै हुने थिए सबैको कल्याण ,
कस्तो दशाको दिन बनाए छ दिनुपर्ने रे!
पशुपंक्षी बोका हास कुखराको बलिदान,
आफ्ना खुशीका लागि होइनन् ,
क्या रे हार्दिक मंगलमय शुभकामना ,
आफ्ना खुशीका लागि केवल ,
बलिदानको रहेका छन हरेक भावना,
लौ माता दुर्गा भवानी ले पूरा गरून् चाहना,
बिजया दशमीमा बिजय होस धेरै शुभकामना,
(लेखक:= थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ)