थारु महिलाहरुले मनाउने पर्व जितिया के हो त ?तलको लिङ्क खोली पढ्नुहोस्

Tuesday, 2 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

देशैभरी जितिया मनाईरहनु हुने सम्पूर्ण दिदि-बहिनी लाई जितियाको शुभकामना, जितमहान बाबाले हामी सबैको रक्षा गरुन्। जितिया पर्व बारे छोटो परिचय
पढ्नुहोस्..

(आयोजकले काठ्माडौको जमल स्थित नाचघरमा आज १ बजेदेखि जितिया महोत्सव सुरु हुने र सबैको लागि प्रवेश निःशुल्क हुने जानकारी गराएका छन्।)

थारू जाति नेपालको आदिवासी रहेको र नेपालको मेचि देखि महाकालिसम्म तराइका जिल्लाहरूमा बसोबास गरि आएका छन । थारू वसोवास क्षेत्रमा विवाहित महिलाहरू यो पर्व मनाउदै आइरहेकि छिन । स्थानिय तहमा गाउंगाउं घरघरमा मनाउछन भने शहरी क्षेत्रमा सबै एकै ठाउं वा फरक फरक ठाउंमा समेत भेला भइ मनाउने चलन रहेको छ । विगत १० दश वर्ष देखि काठमाण्डौमा पनि प्रत्येक साल मनाउदै आइरहेका छौं । यो वर्ष २०७५ साल असोज १६ गते बृहतरूपमा महोत्सवकै रूपमा राष्ट्रि नाचघर जमल काठमाण्डौमा विभिन्न संघसंस्थाका प्रतिनिधि गन्यमान व्यक्तिहरूको उपिस्थति एवं उत्कृष्ट महिला तथा पुरूष कलाकारहरू समेतको नाचगान प्रहसन कला प्रदशर्नका साथ व्रतालु महिलाहरूको उपस्थितिमा जितमहानको मूर्ति पूजाका साथ भजन किर्तन सहित मनाउंदै छौं ।

जितिया पर्व के हो ?
सारिवाहन नामको थारू राजाको छोरी राजकुमारी मसवासी धार्मिक प्रवृति कि थिइन र अलिक हुर्कि सके पछि उ दरबार बाहिर नै भगवानको तपस्या गर्ने अनुरोध पिता जी संग गर्दा उनलाइ दरबार वाहिर नर्वदा नदि किनारमा कुटि निर्माण गरि दिए पश्चात उनि त्यहीं नै ऋषिमुनिहरूको संरक्षण र सेवामा तपस्या गर्न थालिन । दैनिक विहान उठेर समुन्द्रमा नुहाएर आइ पुजा पाठ गर्ने गर्थिन । एक दिन विहान उठ्न ढिला भइ समुन्द्रमा नुहाउने बेला ढोगदाका वेला सूर्य भगवानको प्रकाश गमनले निज गर्भवति भइन र एक छोराको जन्म भयो नाम चाहि जितुवा राखिन । वच्चा हुर्कदै गयो अन्य वच्चाहरूसंग खेल्ने क्रममा एउटा खेलको नियम थियो गुफा भित्र पस्दा आमाको नाम लिएर पस्नु पर्ने र निक्लिदा पिताको नाम लिएर निक्लनु पर्ने । जितुवालाइ आमाको नाम त थाहा थियो तर पिताको नाम थाहा नरहेकोले निक्लिन पाएका थिएन सोहि क्रममा निजको आमाले सोध्नी गर्दा पिताको नाम भन्नु अनि मात्र निक्लिन्छु भन्दा आमाले उसका पिताका नाम सूर्य बताउदा जितुवा गुफा भित्रवाट निक्लिएर घर पुगे अनि पितालाइ भेटाइ दिन आमासंग अनुरोध गर्दा भेटाउन नसक्ने भन्दा जिद् गरेर जितुवा घरवाट बाहिर पिता सूर्यको खोजमा निक्लिन्छ भोक पियासै वालक देखेर उनलाइ भगवानले दर्शन दिन्छ र भन्छ मै तिम्रो पिता हुं भन्दा उसको घर लैजान जितुवाले जिद गरे पछि भगवानले आफ्ना घर लगि खुवाइ पियाइ गरि उसको साहसिक दृढता देखेर उसको नाम सूर्य भगवानले नै जितमहान राखि दिए र पृथ्वीमा गइ तिम्रो नामले जसले ब्रत लिन्छ उसको छोरा छोरि दिर्घजिवि, स्वस्थ र जस्तोसुकै समस्यालाइ जित्न सकेर सुसम्पन्न पनि हुन्छन भने देखि सो कुरा जितमहानले सबलाइ भन्दा जितमहानका नामले सोहि दिन देखि विवाहित महिलाहरूले यो पर्व लिन थालेको विश्वास गरिन्छ । यसमा दाजुभाइ बुवा काका जस्ता आफन्तले सासु घरबाट ल्याउन जान्छन र पठाउने बेलामा लुगा फाटो दिने समेत रहेको चलन छ ।
जितिया पर्व मनाउने विधि

पूजा विधि
१, कृष्ण पक्ष सप्तमीको दिन “लाई” त्यस दिन नुहाएर घेराको पातामा, चमकिलो माटो, खैर,पिना, घेराको फुल अगरवती पानी चढाएर ढोगिन्छ । चढाएको चमकिलो माटो र खैर ९पिना०, ले टाउको धुने गरीन्छ र नुहाईन्छ । राती चराचुरुङ्गी कराउनु अगाडी नै ओठघन आफनो गक्ष्यानुसार राम्रो खाना माछा, ओलको तरकारी, तरुवा ईत्यादि खाईन्छ । खानु भन्दा अगाडी ओसारमा दही, चुरा गुड, केरा मिसाएर चडाईन्छ, सुपारी पनि चढाईन्छ र पानी चढाएर ढोगिन्छ । प्रथम दिनको विधि समाप्त हुन्छ ।
२. अष्ठमीको दिन “उपास” दिन भरी भोकै बस्छन । सवै उपासिकाहरु एउटा निश्चित ठाउमा भेला भै जितिया कथा जान्ने पण्डित वा ब्यतिmद्धारा जितमहानको कथा श्रवण गरिन्छ, नाचगान गरिन्छ । हर्षोलाशमय वतावरण रहन्छ भोको बसेको अनुभव हुदैन् । कतै कतै जितमहानको मुर्ति बनाई मेला लगाइन्छ । दोस्रो दिनको विधि समाप्त हन्छ ।
३, नवमीको दिन “पारन” सवेरै नुहाएर गाईको गोवरले आङ्गन लिपपोत गरी अङ्गनको बिचमा माटोले पुनं लिपिन्छ त्यस पछि तेलको धस्रो दुईवटा कोरिन्छ, त्यसमा सिन्दुर लगाईन्छ । दुबै छेउमा घिरौलाको पात राखि, त्यसमा घिरौलाको फुल दहि चुरा बौटरा अलुवा चामल राखि चामल माथि तुलसिको पात र सुपारि राखेर पुजा गरिन्छ । त्यस पछि पाँच वटा अलुवा चामल र पाँचवटा बौटरा मिसाई खाने गरिन्छ । त्यसैलाई नै पारन भनिन्छ । पारन सकेपछि आफनो गक्ष्य अनुसार खसिको मासु तरुवा मिठो मिठो ओजपुर्ण खाना खाने गरिन्छ । तेस्रो दिनको विधि समाप्त हुन्छ ।
कृष्ण पक्ष सप्तमीको दिन शनिवार परेमा सुईध लाग्छ । सुईध लागेपछि प्रत्येक नवदुलहिले जितिया पर्व मनाउने अवसर प्राप्त गरिन्छ । प्रत्येक जितिया पर्व गर्ने महिलाहरु एउट निश्चित ठाउँमा भेला भई आफनो आफनो समने चार कोण भएको पोखरी जस्तो खनिन्छ । त्यस पोखरीको माझमा जैठ गाडेको हन्छ र चार कुनामा वरपिपलको हाँगा गाडेको हन्छ । सबै महिलाले डालिमा पुजाको सामग्री लिएर बसेका हुन्छ । जितमहानको कथा जन्ने पण्डीतले जितमहानको कथा सुनाई राखेको हन्छ ।अन्तमा सिकीको धनुषले भाईले बहिनीलाई तिन पल्ट वाण हानिन्छ त्यस पछि चोखो कोखी भएको भाउजुले कुशको टुपोले तिन पल्ट नन्दको जिब्रो कोटियाइदिन्छ । त्यस वापत धान केरा मिठाइ र फलफुल दिइन्छ र पण्डितलाई पनि दान दक्षिणा दिन्छ । अनि जितिया पर्व समाप्त हुन्छ । यस पछि माइृति आएकी चेलिहरुलाई नायां बस्त्र दि घर पठाउने काम हुन्छ ।

महोत्सवको उदेश्य
१. थारू जितिया पर्वको प्रचार प्रसार गरि राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा चिनाउने ।
२. थारू संस्कृतिलाइ संरक्षण तथा सम्वर्धन गर्ने ।
३. सांस्कृतिक कार्यक्रम मार्फत आय आर्जन गरि आर्थिक सशक्तिकरण यो माध्यमवाट पनि गर्न सक्ने विश्वास जगाउने ।
४. संकलित रकमबाट थारू सांस्कृतिक अध्ययन प्रतिष्ठान भवन स्थापना गर्ने ।

महोत्सवका आकर्षणहरू
१. थारूको परम्परागत तथा आधुनिक नाचगानका साथै प्रहसन एकल तथा समूहगत महिला, युवा,युवति कलाकारहरूद्वारा गरिने हुंदा दर्शकले भरपुर मनोरञ्जन लिन सक्नेछ ।
२. थारू पत्रपत्रिका सर्वसुलभ दरमा किन्न पाउनेछ ।
३. थारू जातिमा रहेका विविधतायुक्त पहिरन प्रदर्शन ।
४. थारू संस्कृति संरक्षण संवर्दन प्रवर्दन भइ देश विकास हुनेछ ।
५. जितियाबारे विभिन्न सामाजिक अभियन्ता संघसंस्थाका अगुवा र नेताहरूको यसवारे अवधारणा सुन्न पाइनेछ ।

अपेक्षित उपलव्धिहरू ः
१. यो महोत्सवले परस्पर राष्ट्रिय एकतामा पहुंच पुर्याउनेछ ।
२. संस्कृतिको जगेर्ना गर्नमा मद्दत पुर्याउनेछ ।
३. वैदेशिक सहयोग भित्र्याउन सके राष्ट्रिय अर्थतन्त्र मजवुत पार्नेछ ।
४.जातिय सदभाव एकता बढाइ सहकार्यको परम्परा वृदि हुनेछ ।
५. थारू संस्कृति संरक्षण,सम्बद्र्धन एवं विकासमा मद्दत पुर्याइ राष्ट्रिय अर्थतन्त्र सवल पार्नमा टेवा दिनेछ ।

महोत्सव सम्म कसरि पुग्ने ः
यो कार्यक्रम काठमाण्डौको राष्ट्रिय नाचघर जमल काठमाडौमा हुने हुंदा सबै सहभागिले आ आफ्नो निजि तथा सार्वजनिक साधन पर्योग गरि र पैदल समेत पुग्न सक्नेछन । सवारी पार्किङको समेत सुविधा रहेको छ । सहयोगार्थ प्रवेश शुल्क लाग्ने छैन ।

आयोजक ः थारु साँस्कृतिक संगीत विकास मञ्च
सम्पर्क व्यक्ति ः उपेन्द्र कुमार चौधरी
सम्पर्क नं. ः ९८४९३००६७९

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu