हमार सनेश सहकर्मी ,,
मलेसिया := बिगत लामो समय देखि नेपाली म्युजिक भिडियो क्षेत्रमा मलेसियामा बसेर सक्रिय भएर लागिपरेका निर्देशक तथा मोडल शम्भु मोक्तान तामाङ अब भने नेपाल आउंदैछन् | उनि ३ तारिखको दिन नेपाल फर्किने कार्यक्रम रहेको छ |
तामाङ चलचित्रबाट अभिनयमा नायकको हिसाबले डेब्यु गरेका उनले पछि बिस्तारै नेपाली म्युजिक भिडियो क्षेत्रमा पाईला चाले | उनि निकै सफल पनि भए | मलेसियामा रहँदासम्म उनले धेरै म्युजिक भिडियोमा अभिनय गर्नुको साथै निर्देशन समेत गरे | त्यस मध्य धेरै म्युजिक भिडियो सफल पनि भएका छन् | मलेसियामा उनले आफ्नो एक किसिमको पहिचान समेत बनाईसकेका छन् |
उनलाई नेपाल फर्किने बेलामा नेपाल आदिवासी जनजाति महासंघ मलेशिया र नेपाल म्हार म्हेन्दो कलाकार संघ मलेशिया निकै भब्य तरिकाले बिदाई समेत गरेको छ | उनले आफुलाई स-सम्मान बिदाई गरिदिनुभएकोमा नेपाल आदिवासी जनजाति महासंघ मलेशिया र नेपाल म्हार म्हेन्दो कलाकार संघ मलेशिया लाई हृदय देखि नै धन्यवाद समेत दिएका छन् | यस्तै उनले आफु जुनसुकै ठाउँमा रहे पनि सकेको सहयोग गर्नको लागि हरदम तत्पर रहने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् | उनि नेपाल आउदैछन् तर अब नेपाल आएर उनले कसरी आफ्नो अभिनय र निर्देशन यात्रालाई अगाडी बढाउछन् | धेरैको जिज्ञासा पनि हुन सक्छ यो |
हुन त यस बिषयमा उनले अहिले नै कुनै आधिकारिक जानकारी त दिएका छैनन् | तर आफु नेपालमा आएर पनि नेपाली कला क्षेत्रमा सक्रिय भएर लाग्ने विश्वास भने उनले ब्यक्त गरेका छन् | नेपालमा आफ्नो केहि प्रोजेक्टहरु समेत रहेको उनको भनाई रहेको छ तर अहिले नै उनले त्यस बिषयमा कुनै कुरा भने खोलेका छैनन् | हुन त उनको मेहेनत र लगनशीलता हेर्ने हो भने नेपालमा आएर पनि उनले अझै राम्रो हिसाबले आफ्नो प्रतिभालाई अगाडी लैजान सक्ने अनुमान लगाउन सकिन्छ | मलेसियामा उनको नामको निकै चर्चा छ | निकै फरक किसिमको काम गर्दै आएका उनले नेपालमा कस्तो जादु चलाउने हो त्यो हेर्न भने बाँकी नै छ |