थारु पत्रकार संघ नेपालको सातौं साधारणसभा एवंम राष्ट्रिय भेला दाङमा/चार जना उत्कृष्ट थारु पत्रकारलाई पुरस्कृत गर्ने

Monday, 8 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
काठमाडौं := थारु पत्रकार संघ नेपाल केन्द्रिय कार्य समितीको सातौं साधारण सभा एवंम राष्ट्रिय भेला भब्य आयोजना हुने भएको छ।

१७ वटा जिल्लामा आफ्नो शाखा बिस्तार गरिसकेको थापसको साधारण सभा एवंम राष्ट्रिय भेला यहीँ असोज २६,२७ र २८ गते दाङ जिल्लाको घोराहीमा अवस्थित भिंग्रेली रिसोर्टको प्राङ्गणमा आयोजना गर्ने थापस केन्द्रिय कार्यसमितीको बसेको बैठकले निर्णय गरेको संघको महासचिव किशोर चौधरी शरिखाले जानकारी दिनु भयो।
जानकारी अनुसार भेलाको लागी सम्पुर्ण तयारी पूरा भैइसकेको छ ।
उक्त साधारण सभा एवम् राष्ट्रिय भेलामा प्रत्येक जिल्ला शाखाबाट ४ जना प्रतिनिधि र १ जना पर्यवेक्षक सहित ५ जना उपस्थित हुन सक्ने छ्न भने असोज २६ गते बेलुका सम्म सम्पुर्ण थारु पत्रकारहरु दाङ पुगि सक्नु पर्नेछ।


साथै सोही भेलामा चार जना उत्कृष्ट थारु पत्रकारलाई राष्ट्रिय पत्रकारिता पुरस्कारहरु क्रमशः रु. ११,१११ राशी बराबरको सतौन स्मृति रास्ट्रीय थारु पत्रकारीता पुरस्कार , रु. १२,१५१ रुपैयाँ राशी बराबरको सुष्मा चौधरी थारु महिला राष्ट्रिय पत्रकारीता पुरस्कार त्यसैगरी 
रु. १०,१११ राशी बराबरको ओएसिस राष्ट्रिय थारु
पत्रकारीता पुरस्कार र रु. ५,५५५ रुपैयाँ राशी बराबरको जोखन रत्गैया राष्ट्रिय थारु पत्रकारीता पुरस्कारबाट थारु पत्रकारहरुलाई पुरस्कृत गर्ने र कुनै एक जिल्ला शाखालाई बर्षको उत्कृष्ट जिल्लाशाखाको रुपमा सम्मान गर्ने निर्णय भएको महासचिव चौधरीले बताउनु भयो।

प्रदेश नम्बर ५ भित्र पर्ने जिल्ला शाखाहरुको संयोजकत्व तथा दाङ जिल्ला शाखाको सक्रियतामा आयोजना हुन लागेको सो साधारण सभा एवम् राष्ट्रिय भेलामा थारु संस्कृति झल्किने नाचगानको साथसाथै थारु खाना परिकारको ब्यवस्था समेत गरिएको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu