सुनिल चौधरी
झुम्का:= रामधुनि नगरपालिकाको सहयोगमा वडा नं. ६ का बक्लौरी खेलकुद समितिले दोस्रो रामधुनी मेयर कपको आयोजना गरिने जनाएको छ । मेयर कपकोे प्रवद्र्धन गर्न आयोजकले सोमवार पत्रकार सम्मेलन गर्दै मंसिर १ गते देखि संचालन हुने जानकारी गराएको छ ।
खेलकुद समितिका अध्यक्ष आशिष श्रेष्ठको सभापतित्वमा भएको सो पत्रकार सम्मेलनमा दिलु राईले प्रतियोगीता आयोजनाको तयारीबारे जानकारी गराएका थिए । फुटवल प्रतियोगीतामा प्रदेश १ का झापा मोरंग सुनसरीबाट बिभागीय टिम सहित ९ समुह सहभागीता रहने जनाएको छ । उत्कृष्ट क्लवहरुको सहभागीतमा हुने प्रतियोगीता वडा नं. ६ स्थित ईलाका स्वथय चौकी नजिकै रहेको खेलमैदानमा हुने जानकारी दिएको छ ।
खेल समपन्न गर्न २१ लाख सम्म खर्चको अनुमान गरिएको अयोजकले जनाएको छ । मेयर कपमा २ लाख नगरपालिकाबाट सहयोग रहने बताउदै मुख्य प्रायोजकको रुपमा धनलक्ष्मि हार्डवेयर रहने बताए । प्रतियोगीताको उत्कृष्ट प्रथमलाई २ लाख र दोस्रोलाई १ लाख प्रदानगरीने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
रामधुनी नगरपालिकोको सभाहलमा भएको पत्रकार सम्मेलनमा खेलकुद मार्फत रामधुनी नगरको पहिचान,खेलाडीहरुको बृति बिकासकालागी फुटबल प्रतियोगीता गर्नलागेको अध्यक्ष श्रृेष्ठले बताए । पत्रकार सम्मेलनमा फौद सिंह थापा,बिजय चौधरी,जानकी चौधरी, लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
