च्वन्नी मुसकीबाट कलाकारिता क्षेत्रमा थारु गायिका श्रिदेवीको धमाकेदार कमब्याक(भिडियो सहित हेर्नुस्)

Thursday, 18 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
काठमाडौं := हुन त अहिलेको अवस्थामा नेपालमा नेपाली कलाकार जस्तै थारु कलाकारहरुको बिगबिगी छ्न ,त्यस् मध्य कतिपय कलाकार यहीँ कलाकारिता क्षेत्रमा जम्न सफल भएको छ भने कतिपय निरास भैइ यस् क्षेत्रबाट बिट मारिसकेको छ भने कतिले अहिले पनि संघर्ष गरिरहेको छ।

हो तिनै संघर्ष गर्ने मध्यकि एक हुन थारु गायिका श्रिदेवी थारु (shree) जसले कलाकारिता क्षेत्रमा मोडलिङबाट म्युजिक भिडियोमा धमाकेदार अभिनय संगै पुनःआगमन गरेकी छिन।
स्यानै देखी कलाकारितामा औधी रुचि राख्ने श्रि मोडल नभैइ गायिका हुन पहिला पहिला गाउँघरमा साँस्कृतिक कार्यक्रमहरु आयोजना हुँदा स्टेजमा आफ्नो नृत्य पस्केर स्वरको जादुले भरपुर मनोरञ्जन दिलाउने गर्थिन दर्शकहरुलाई ,तर केही समय अध्यनको कारण र गायिका संग संगै अब अझै मेहनत गरेर मोडलिङमा समेत छलाङ हान्ने उदेश्यले बाध्यताबस करिब पाँच बर्ष टाढा बसिन यस् क्षेत्रबाट ।

अहिले गायक असोक चौधरी संगै आफैले स्वर दिएर चवन्नी मुस्कि नामक म्युजिक भिडियो गितबाट युट्युबमा तहल्का पिट्ने तयारीमा देखिन्छिन उनी ।
चन्द्र चौधरी र दिपक चौधरीको निर्देशन,मनोज थारुको संगित र सि.एस.फिल्मसको ब्यानरमा तयार भएको यस् म्युजिक भिडियोको निर्माण स्वयम श्रि देवीले नै गरेका हुन , भने भिडियो श्रृङ्गार सतिश सिन्हा , दिपक दिपको नृत्य निर्देशन रहेको भिडियोमा चर्चित थारु मोडल विवस चौधरीले श्रि देवी संगै मस्की मस्की कमर मर्काएर मनमोहक अभिनय गरेको छ,साथमा मनिस थारुको पनि दमदार अभिनय रहेकोछ।

तलको लिङ्कमा क्लिक गरि भिडियो हेर्नुस र मनोरञ्जन लिनुहोस।:- 
                   
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu