धिरेन्द्रकुमार चौधरी ,,
रामधुनीः= रामधुनी नगरपालिका झुम्का बजारमा प्रदेश १ कृषि व्यवसाय प्रबर्धन सहयोग तथा तालिम केन्दको नयाँ भवन तयार भएको छ । साबिक क्षेत्रिय कृषि तालिम केन्दको परिसरमा कुल लागत २ करोड ३८ लाख ४० हजार ८ सय ९८ रुपैया ६० पैसामा निर्माण भएको उक्त भवन बुधवार एक समारोहका विच कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गरिन् ।
उक्त अवसरमा उनले भवनको निर्माणले कृषि सम्बन्धि तालिमका लागि सुविधायुक्त तालिम केन्द्रको अभाव लाई पुरा गरेको बताईन् । मन्त्रि चौधरीले किसानलाई छनौट गरी तालिमको व्यबस्था गरेमा कृषि उत्पादनमा वृष्द्धि र कृषकहरुको समृद्धिमा ठूलो भुमिका खेल्ने बताउँदै कृषि क्षेत्रमा तालिम केन्द्रको महत्वपूर्ण भूमिका रहँने उल्लेख गरिन् । अहिले कृषि क्षेत्रको शसक्तिकरणका लागि पहिलो काम ऐन, कानुन र दोस्रो काम कर्मचारी व्यबस्थापन तथा सम्पति हस्तान्तरण समबन्धि काम गरीरहेको जानकारी दिर्दै सुझाव संकलन भेरहेको जानकारी दिइन् ।
उक्त भवनको निर्माण ठेकेदार बौवालाल चौधरीको कम्पनी ओको एण्ड गानवा कन्सट्रक्सन प्रालिले गरेको हो । उद्घाटनको अवसरमा उनले भवन निर्माणका लागि दुई बर्षको ठेक्का रहेता पनि बिगतका बन्द, हडतालले कच्चा पद्धार्य ल्याउन कठिनाई भएको बताउँदै चार बर्षमा भवन निर्माण सम्पन्न भएको बताए ।
रामधुनी नगर उपप्रमुख सविना चौधरी, कृषि विकास निर्देशनालय प्रदेश १ का प्रमुख बेनु प्रसाई, भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ का योजना अधिकृत बद्री दाहाल र तालिम केन्द्रका प्रमुख बासुदेब काफले कृषि क्षेत्रमा विकास र तालिम तथा सुविधायुक्त तालिम केन्दको आवश्यकता बारे चर्चा गरेका थिए । कार्यक्रममा उक्त तालिम केन्द्र प्रदेश अन्तर्गत कृषि व्यवसाय प्रबर्धन सहयोग तथा तालिम केन्द्रमा रुपान्तर भएको जानकारी गराईएको थियो ।
