ईलाका प्रशासन कार्यालय कोल्हवीका प्रमुख मण्डलले आउने बितिकै गरे बजार अनुगमन

Friday, 5 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
जियालाल चौधरी ,,
कोल्हवी:= ईलाका प्रशासन कार्यालय कोल्हवीमा भर्खरै कार्यालय प्रमुखको कार्यभार सम्हालेका महेश लाल मण्डलले आउने बितिकै कोल्हवी बजारमा अनुगमन गरेका हुन् ।
बिहिबार बिहान करिब १० बजे तिर हिन्दुहरूको महान चाडपर्व दशैको मध्यनजर गर्दै ईलाका प्रशासन कार्यालयका प्रमुख मण्डलले अनुगमन गरेको छ । चाडपर्वको मौका छोपी  व्यापारीहरूले कालोबजारी तथा अखाद्य सामाग्री बेचबिखन गर्ने गरेकाले ईलाका प्रशासन कार्यालय कोल्हवीका प्रमुख मण्डलको नेतृत्वमा  अनुगमन गरेको हो ।
ईलाका प्रशासन कार्यालयले  कोल्हवीले पहिलोपटक बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश पसलहरूमा अखाद्य सामाग्री भेटिएका थिए । साथै अधिकांश व्यपारीहरूले अनुमतिबिना व्यपार गरि बसेका फेला परेका थिए । त्यसैगरी किराना पसलमा खैनी , घुट्का जस्ता सामाग्री बेचिरहेका अवस्थामा अनुगमन समुहले फेला पारेका थिए । ईलाका प्रशासन कार्यालय कोल्हवीको अगुवाइमा पहिलोपल्ट बजार अनुगमन कार्य भएकाले व्यपारीहरूलाई सम्झाई बुझाई गरि छाडेका हुन ।
मूल्य सुचि , आन्तरिक राजश्व कार्यालयबाट लिएको अनुमतिपत्र , सामाग्रीमा प्याकिङ मिति तथा म्याद समाप्त हुने मिति अनिवार्य हुनुपर्ने कुरामा ध्यान दिन सुझाव दिएर एक पटकको लागि छाडेका थिए ।
अनुगमनमा उद्योग वाणिज्य संघ कोल्हवी शाखाका अध्यक्ष महेश साह , कोल्हवी नगरपालिकाका देवनारायण चौधरी , ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक पुष्कर बोगटी , सशस्त्र प्रहरी निरिक्षक भरत गौतम लगायगतले अनुगमन गरेका थिए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu