सन्तकुमार चौधरी,,
चितवन:= पूर्वी चितवनको पर्सा बजारमा ट्रकको ठक्करवाट एकजनाको घटना स्थलमै मृत्युभएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका १ बस्ने अन्दाजी ३८ वर्षका सउना चौधरी रहेका छन् ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ९८६१ नम्बरको मालबाहक ट्रकले ना. २८ प. ७७३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार अन्दाजी चौधरीको शरीर क्षतिविक्षत बनेको छ । ट्रक चालकको लापरवाहीले मोटरसाईकल चालकको मृत्युभएको भन्दै स्थानीयले ट्रकमा आगजानी समेत गरेका छन् ।
