आदिवासी साँस्कृतिक भुमि अतिक्रमण रोक्ने अभियानकालागी ईटहरीमा अन्तकृया

Monday, 26 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुनिल चौधरी,,
ईटहरी:=आदिवासीहरुको साँस्कृतिक भुमि भईरहेको अतिक्रमण प्रति अगुवाहरुले चासो देखाएका छन् । पुर्व मेचि देखि पश्चिम महाकालि सम्म रहेका साँस्कृतिक भुमि संरक्षणकालागी स्वच्छ ढंगले लागेका आदिवासी अगुवाहरु बिच सनिवार ईटहरीमा अन्तकृया भएको हो।

आदिमकाल देखिनै चर्चेर आईरहेको साँस्कृतिक तथा धार्मिक रुपमा रहेको भुमिहरु बिकासका नाममा कुनै बिकल्प नदिई अतिक्रमण हुने र त्याहा रहेका संरचना भत्तकाउने कार्य भईरहेकोले संरक्षणकालागी रणनितिक योजना बनाउन भेला भएर छलफल गरेको हो । बिच्छु ग्रामथान संरक्षण समितिको आयोजना र लाहुर्निपको संयोजकमा अन्तरकृया गर्दै सुनसरीबाट अभियानसुरु गर्ने जनाएको छ । सुनसरीका प्रत्येक स्थानिय तहमा रहेको ग्रामथान तथा भुमिहरुको खोजी गरेर तथ्याङ्क संकलन गर्ने छलफलमा आएको छ । संकलनमा आएका ग्रामथान र भुमिमा रहेका समस्या बारे जानकारी लिदै कानुनि प्रकृया मार्फत संरक्षण गर्ने सहभागी भएका अगुवाहरुले जोड दिएका थिए ।

छलफलको क्रममा सुनसरीको ईटहरीमा आदिवासीहरुको साँस्कृति सम्पदा अतिक्रमणको उच्च जोखिममा रहेको बक्ताहरुले बताए । त्यसपछि रामधुनी,दुहबि,ईनरुवा लगायतका स्थानहरुमा जोखिम हुने अवस्था देखिएको बताए । ईटहरी ६ टेंग्राटोलीको बिच्चु धामि ग्रामथानलाई भक्तकाउदा आन्दोलन सहित कानुनि प्रकृयाबाट समेत संघर्ष गर्दै पुनः निर्माण गर्न सफल भएको छलफलमा आएको थियो । त्यसैगरी ईटहरी बजार छेउमै रहेको बिच्चु ग्रामथान पनि भत्तकिने अवस्थामा रहेको जानकारी दिएका छन् । ईटहरी ४ स्थित रहेको कचना मन्दिर पनि संकटमा पर्दै गएको जानकारी दिएका हुन् ।

आदिवासी मानव अधिकारका सुरक्षाकालागी गठित संस्थाको रुपमा रहेको लाहुर्निपका प्रतिनिधि तथा पत्रकार गोपाल देवानले प्रत्येक वडामा गठन गर्दै संरक्षणमा जुट्ने बताए । आदिवासीहरुको साँस्कृति सम्पदाहरु भएकालाई संरक्षण र अतिक्रमणलाई आन्दोलनकै रुपमा लिएर अगाडी बढ्नेमा जोड दिए । सबैले एकत्ताको भावना लिएर लाहुर्निप गठन गर्दै संरक्षणमा जुट्नु पर्ने पत्रकार देवानले सुझाव दिएका हुन् ।
साँस्कृतिक भुमिलाई संरक्षणका निम्ति सुनसरी जिल्ला भरि कार्यक्षेत्र रहनेगरी ग्रामथान संरक्षण समिति दर्ता गराएको छ । जिल्ला प्रशासनकार्यालय सुनसरीमा दर्ता गराई बैधानिक रुपमा अगाडी बढ्ने समेत जानकारी दिएको छ । ईटहरी ८ टेग्राटोलीका स्थानियहरुले सो दर्ता गराएका हुन् ।

कार्यक्रममा थारु महिला सभा केन्द्रिय सचिव सुसिला चौधरी,आदिवासी जनजाति महाँ संघ सुनसरी पुर्व उपाधयक्ष तेजनारायण चौधरी,थारु कुनुन ब्यवसायी केन्द्रिय अध्यक्ष रामराज चौधरी,समाज सेवि डिल्ली सुब्बा,थारु महिला सभा जिल्ला अध्यक्ष सुसिला लेखि,ग्रामथान संरक्षण समिति अध्यक्ष झुमा चौधरी, सचिव साबित्रा चौधरी,थाकस ईटहरी नगर सचिव अशोक चौधरी लगायत स्थानिय बुद्धिजिविहरुको उपस्थितीमा छलफल गरेको थियो । छलफलमा आदिवासि जनजाति पत्रकार महाँ संघ सुनसरी अध्यक्ष धिरेन्द्र चौधरीले उद्धघोण गर्दै समयोजन गरेका थिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu