देउसी भैलोको रकमले स्काई क्लवद्धारा एकम्बाका ८० बिपन्न परिवारलाई कम्बल बितरण

Monday, 26 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुनिल चौधरी,,
झुम्का:= सितलहरको जोखिमबाट बच्नकालागी ईटहरी १५ र १६ वडाका एकम्बाटोलका अति बिपन्न परिवारलाई कम्बल बितरण गरेको छ । बालबालिका तथा बृद्ध,बृद्धाहरु सितलहरबाट प्रभावित हुने गरेकाले क्रिएटिभ र सनराईज स्काई क्लवले बितरण गरेको हो ।

क्लवका युवाहरुले देउसी भैलोबाट संकलन गरेको रकमबाट बितरण गरेको क्रिएटिभ स्काई कल्वका स्काई लिडर सुरज थापाले बताए । बिपन्न परिवारका सदस्यहरुलाई जाडोमा ओढ्ने समस्या भई बालबालिका,बृद्धबृदालाई बिभिन्न रोग र समस्याले ग्रसित हुने गरेकोले कम्बल बितरण गरेको सनराई स्काई क्लवका लिडर रमिता चौधरीले बताईन् ।

वल्र्डभिजन ईनटरनेशनलको साझेदारीमा युथक्रिएशन सुनसरीले स्काई क्लव गठन गर्दै युवाहरुलाई सामाजिक कार्यमा सम्लग्न तथा उधमशिल्ताबारे तालिम,अभिमुखिकरण र सहयोग गरेका थिए । हालमा उनिहरुले आफै कृयासिलहुदै सहयोगहरु जुटाउदै सामाजिक कार्यमा आबद्ध हुदै गएका छन् । यस भन्दा पहिले उनिहरु गाउँटोलमा महिला,बालबालिका हिंसा बिरुद्ध जनचेतना नाटक,सरसफाई गर्दै आएका थिए ।

वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै एकम्बाटोलका ८० परिवारलाई बितरण गरेको स्काई लिडर सबिना कार्किले बताईन् । स्काई क्लवमा आबद्ध भएर हामि युवा समाज उत्थानकालागी सामाजिक कार्यमा जुटिरहेको अर्का स्काई लिडर हरी चौधरीले बताए । वडाकार्यालयहरुको पनि उल्लेख्य सहयोग रहेको लिडर चौधरीले बताए ।

युवाहरुको सो कार्यप्रति सराहना ब्यक्त गर्दै एकम्बा निवासी लक्ष्मि चौधरीले क्लवको कोष स्थापनाकालागी रकम हस्तान्तरण गरिन् । समाजमा उपलब्धिमुलक कार्यहरु गरिरहेकोले उनिहरुलाई उत्प्रेरण र सहयोगकालागी सो बितरणकार्यक्रमबाट रमक बितरण गरेको हो ।
कार्यक्रममा युथक्रिएशनका राजेश राई,स्काईकोच जगतकामत,वडा सदस्य धनमाया बिक लगायत स्काई लिडरहरुले बितरण गरेका हुन ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu