पाँचौ चन्द्राैटा महाेत्सवमा ११ हजार दर्शक ४० लाख बराबरकाे काराेबार

Wednesday, 28 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी,,
चन्द्राैटा(कपिलवस्तु):= पाँचौं चन्द्राैटा महाेत्सवमा थारु साँस्कृतिक नृत्यले दर्शककाे मन जित्दै भव्य सम्पन्न भएकाे छ । महाेत्सवकाे अाज साताैँ दिन ११ हजार दर्शकद्धारा मेला अवलाेकन ४० लाख बराबरकाे कराेबार भएकाे प्रवक्ता जगत पाैडेले जानकारी गराउनुभयाे ।

     "कृषि, पर्यटन, अाैधाेगिक-व्यापार र राेजगार, अार्थिक समृद्धि अात्मानिर्भताकाे मुल अाधार" भन्ने मुल नाराका साथ जारी महाेत्सवमा स्थानीय स्तरमा उत्पादित कृषिजन्य सामाग्री, जडिबुटी, धार्मिक तथा पर्यटकीय स्थलहरूकाे प्रचारप्रसार र फाेटाे प्रदर्शनी समेत गरिएकाे स्थल संयाेजक नवराज न्याैपानेले बताउनुभयाे ।

     थारु संस्कृत एवम् साँस्कृतिक नृत्य लाेप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै नेपालमै पहिलाे पटक अाैधाेगिक-व्यापार महाेत्सवमा थारु साँस्कृतिक नृत्य जार्गेना गर्ने अवसर पाउँदा थारु समुदाय लगायत थारु अगुवाहरू समेत निकै नै हर्षित हुँदै महाेत्सव अायाेजक टिमलाई धन्यवादका पात्र बनाएका छन् । 

     यसैबीच महाेत्सवमा बाणगंगा-७, माेतीपुरकाे नव जनशक्ति युवा संगठन, शिवराज-५, पूर्वरहतकाेलकाे श्री जन जागृति युवा क्लब, शिवराज-२, दाेंगरदिहवाकाे लुम्बिनी बाल यूवा क्लब यसैगरी शिवराज-१, शिवपुरकाे न्यु बाल अनुशासन टिम, बाणगंगा-२, तेनुइयाकाे नव प्रतिभा युवा क्लब, बिजयनगर गाउँपालिका-२, लाेहराैलाकाे सुर्याेदय सामाजिक सेवा संघ र शिवराज-२, मदरहवाकाे श्री अार्दश युवा क्लबहरू प्रतिस्पर्धा रहेकाे थारु कल्याणकारी सभा शिवराज नगर अध्यक्ष तथा थारु नृत्य संयाेजक जगतदेव थारु र थारु राष्ट्रिय कलाकार संघ शिवराज नगर अध्यक्ष तथा सह संयाेजक उत्तम चाैधरीले जानकारी गराएका छन् ।

     साथै महाेत्सवमा गायक कमल खत्री, किरण खड्का र श्रीनिवास चाैधरी लगायत पाँचौं चन्द्राैटा महाेत्सवकाे डान्स अाइडलकाे बेजाेड प्रस्तुति रहेकाे थियाे । महाेत्सवकाे अाठाैँ दिन अर्थात् मंसिर १३ गते गायिका शान्ति श्री परियार, वर्षा लम्साल, गायक प्रेम शर्मा र उत्तम चाैधरी लगायतकाे प्रस्तुति रहने अायाेजकले जानकारी गराएकाे छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu