प्रवास : परदेशी पिडा ब्याथाको गजल:
लेखक:=थारु युवा साहित्यकार सुरेश चौधरी
हामी के भनेर आयौं होला प्रवास ,
सायत कसैलाई न होला बिश्वास,
प्रवास को केही तितामीठा उपवास,
हामी यस्तै पिडाबोकि लुकाउछौ हृदयका राज,
आँसुको धार लुकाइ रुदै हजार दु:ख छ परदेश मा ,
सकिने नसकिने काम गर्नुपर्ने हुन्छ परदेश मा,
यहाँ पैसाको बोट हुदैनन् टप्प टिपने परदेश मा ,
पसिनै पसिना संग श्रम साट्नु पर्छ परदेश मा ,
बा आमा सोध्छन कस्तो छ बाबू परदेश मा ,
सबै दु:ख ब्याथा लुकाइ ढाट्नु पर्छ परदेश मा,
पाइदैन खोले सिस्नो आमाले पकाएको परदेश मा ,
सडेगलेको खानेकुरा फ्रीजको खानुपर्छ परदेश मा ,
जन्मदिने आमाबुवा को याद आउँछ परदेश मा
दुख सुख सङ्गै बस्ने साथिसंग साट्नै पर्छ परदेश मा,
