हमार सनेश सहकर्मी ,,
कपिलवस्तु := शुद्धोधन गाउँपालिका–४, मोतीभारीमा एक युवकको गोली हानी हत्या गरिएको छ । २८ वर्षीय राजा बाबु भनिने दीपेन्द्र कुमार चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । टाउकोमा गोली लागेको उनको घटनास्थलमै मृत्यु भएको थियो ।
स्थानीयहरुबीच विवाद हुँदा राति करिब साढे १० बजे चौधरीमाथि गोली प्रहार भएको कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युत पुडासैनीले बताउनुभयाे । चौधरीको शव अहिले मेडिकल कलेज भैरहवामा राखिएको पारिवारिक जनाइएको छन् । हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
चौधरी प्रदेशसभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ (ख)मा स्वतन्त्र उम्मेदवार थिए ।
