हमार सनेश सहकर्मी ,,
सुनसरी / थारु डान्स स्टार–२०७५ प्रतियोगिताको अडिशन सुरु भएकाे छ । खोज नयाँ प्रतिभाको उद्देश्य राखेर थारु जागरण अभियानले आज बाट थारु डान्स स्टारको अडिशन झुम्काबाट सुरु गरिएको हो । गाउँ तथा शहरमा रहेका थारु युवा युवतीमा लुकिएको प्रतिभालाई उजागर गर्ने उद्धेश्य थारु डान्स स्टार प्रतियोगिताको विभिन्न सहरमा अडिशन सुरु गरिएको आयोजकले जनाएको छ ।
थारु डान्स स्टार प्रतियोगिताको अडिशन रामधुनीको झुम्काबाट सुरु भएर सुनसरीका विभिन्न शहर इटहरी, खनार, इनरुवा, दुहवी, कलाबञ्जर लगायतको शहरमा अडिशन गरिने थारु जागरण अभियान सुनसरीका निर्देशक निशान प्रकृति थारुले जानकारी दिएको छ । उक्त थारु डान्स स्टार प्रतियोगितामा जुनसुकै जातजातीले सहभागी जनाउन पाइने छ, साथै थारु गीत संगीत लगायत नेपालको तराई मधेसमा भएका मैथली र भोजपुरी गीतहरु मात्रै सहभागी जनाउन पाइने आयोजकले जानकारी दिएको छ ।
उक्त प्रतियोगिता २ महिना सम्म चल्ने छ र प्रतियोगितामा उत्कृष्ट हुनेलाई थारु डान्स स्टार–२०७५ बाट सम्मान गरिने भएको छ । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार प्रदान गरिने निर्देशक निशान प्रकृति थारुले बताए । आज भएको थारु डान्स स्टार प्रतियोगितामा झुम्काबाट ६५ जना सहभागी मध्येमा ३२ जना छनौट भएको छ ।
