सुनिल चौधरी
झुम्का:=लैंगिक हिंसा बिरुद्ध अभियानकालागी सेतो रिवन बितरण गर्दै रामधुनीको झुम्का बजारमा जनचेतना मुलक ¥याली सम्पन्न गरेको छ । रामधुनी नगर उपप्रमुख सबिना चौधरीको सभापतित्वमा भएको ¥यालीमा लैंगिक बिभेद,बालदुरब्यवहार अन्तय तथा महिला हिंसा बिरुद्ध नारालगाउदै परिक्रमा गरेका थिए ।
“लैंगिक हिंसा र दुब्र्यवहार,छैन हामीलाई स्विकार” यसबर्षको नारा सहित २६ औ लैंगिक हिंसा बिरुद्धको अभियान अन्तर्गत आईतवार १६ दिवसिय कार्यक्रम उद्धघाटन गर्दै सुरु गरेको हो । नगरपालिकाबाट निकालिएको ¥याली कान्छि चौक,परियारपुर,लगुना चौक,नयाँ बजार,झुम्का बजार हुदै समपन्न गरेको हो । बिभिन्न संघ संस्थाका महिलाहरु सहभागी हुदै प्लेकार्डमा ‘लैंगिक हिंसा बिरुद्ध शुन्य सहनशिल्ता कायम गरौ’,‘महिला हिंसा अन्तय गरौ’,‘बालदुरब्यबहार अन्तय गरौ,‘छोरा छोरी बिच भेदभाव अन्तय गरौ’,‘अपांगतालाई सम्मान गरौ’,समृद्ध नगर निर्माण गरौ’ लगायतको नारा लेखेका थिए ।
रामधुनीमा १६ दिवसिय कार्यक्रम योजना अनुसार अभिमुखिकरण,कानुनि परामर्स,बिध्यालय स्तरीय जनचेतना,वडाकार्यालयहरुमा छलफल लगायतका कार्यक्रमहरु तयभएको उपमेयर सबिना चौधरीले बताईन् । निधारित योजनाहरु प्रत्येक वडाले सकृयता पुर्वक सञ्चालन गर्न अनुरोध गर्दै पहिलो दिनको कार्यक्रम सम्पन्न गरेको हो ।
अभियानले जनचेतना हुदै समाजमा लुकेका हिंसाहरु बहिर आउने अपेक्षा गरेको छ । लुकेको हिंसाले पिडित अन्यायमा परेकाले न्याय दिलाउन अभियानको उधेश्य रहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । सुनसरीका प्रत्येक स्थानिय तहहरुमा लैगिक हिंसा सम्बन्धि हुने कार्यक्रमबारे सुक्रवार पत्रकार सम्मेलनमा सार्वजानिक गर्दै सो उधेश्यकाबारेमा प्रजिअ उप्रेतीले बताएका थिए ।
