अटल सेनेहाङ लिम्बू ,,
कहाँ बाट सुरु गरुँ भत्किएको जीवनको कथा ? .........
चोखो माया लगाउन खोज्दा धोका अनि विछोडको वेदना सहन वाध्य हुनु पर्दो रहेछ सायद यहि नै जीवन हो । दिन पछि रात, हाँसो पछि आँसु र मिलन पछि विछोड त संसारको रीतै रहेछ । यसलाई कसैले मेटाउन सक्दैन । न वाँध्न नै । बास, यो त आफ्नै गतिमा निरन्तररुपमा चलिरहन्छ । मानिसको जीवन भनेको बगेको खोलासरी रहेछ जुन फर्केर आउँछ भन्ने कुनै आशा नहुँदो रहेछ, परिस्थिति र भोगाईका क्रममा आउने पीडादायक क्षणको सामना गर्दै जीवनसंग खेल्नु अनि मनले नचाहँदा नचाहँदै पनि आँसुलाई अँगाली हिंड्नु पर्दोरहेछ । तर जीवन भनेको रहस्यमय कल्पना हो । अनि चुनौती पनि सामना गर्न सिक्नुपर्छ । मानिसको सम्झना कहिल्यै मर्दैन । मानिस बिलाएर गए पनि उसको सम्झना मनको एउटा कुनामा सधै मखमली फुल झै फुलीरहन्छ कहिल्यै नओइलाउने गरी । बस, सम्झना सागरमा डुब्न रहेछ जिन्दगी । जीवन जिउने क्रममा विभिन्न परिस्थिति संग संघर्ष गर्दागर्दै कतै भुमरीमा, कुनै दोबाटोमा फस्दापनि कुनै साथीको साथ नपाउँदा मणि विनाको र्सप जस्तै छट्पटिंदो रहेछ यो मन । यो जीवन कस्तो जीवन कसैको साथ बिना एक कदम पनि अघि बढाउन नसकिने ? प्रेमको सुन्दर बगैचामा रहेको फुल फुलाउन वसन्त ल्याउने मेरो मीठो सपना र चाहना चैत–वैशाखको हुरीसगै चकनाचुर भयो हो, गल्ती मेरै थियो । मैले मेरो मनको आवाज सुन्नुपर्ने ठाउँमा यो निष्ठुरी समाजको आवाज सुनी जानीजानी आफुलाई त्यो विश्वासघातको दलदलमा फसाएँ । मैले ढुँगालाई देउता सम्झी पुज्ने प्रयास गरेँ । माया गरी आँखाको नानी बनाई संसारलाई हेर्ने प्रयास गरेँ । मायाको अर्थ नबुझी वास्ताविकतालाई ननियाली एकोहोरो प्रेम गरिरहे….गरिरहेँ….।
यो संसार निष्ठुरी छ, स्वार्थी छ । योसंग लड्न साह्रै गाह्रो छ । जो यो संग लड्न सक्दैन ऊ जिउँदो लास भएर बाँच्न वाध्य हुन्छ । जसको अस्तित्व हुँदैन उ यो संसारको खुला आकाशमा विलीन हुन्छ । जसरी धुँवा हावामा विलीन हुन्छ त्यसरी नै ऊ अस्तित्वविहिन भै तड्पी–तड्पी बाच्न विवश थिए ।
अरुको धेरै कथा पढियो अब आफुले पनि केही लेखु भनेर सुरुवात गरेको छु । यो मेरो पहिलो प्रयास हो । मैले पढेको अधिक कथाबाट के कुरा थाहा पाए भन्दा जुन कथामा "म" भन्ने पात्र हुन्छ त्यो कथा पढ्न अर्कै आनन्द आउदो रहेछ त्यसैले मेरो कथामा "म" भन्ने पात्र नै राख्ने सोच बनाएको छु । आशा गर्छु यहाँहरुले मन पराउनुहुनेछ र प्रतिकृया दिनु हुनेछ ।मैले लेखेका सबै कथाहरु कल्पनिक हुन कसैको जीवनसँग मेल खाएमा सम्योग मात्र हुनेछ । मलाई senehangatal@gmail.com मा संपर्क गर्न सक्नुहुनेछ।
मेरो पहिलो प्रेम, जिन्दगीको पहिलो अनुभव थियो मेरो । एउटा नौलो, अनौठो काउकुती लाग्ने गर्दथ्यो मनमा । सपना धेरै खिल्न थालेका थिए । उसैको मुहार हुन्थ्यो आँखाभरी । मेरो हरेक सृजनामा शब्द बनेर सजीने गरेको थियो उसैको नाम । मेरो मस्तिष्कमा उसैको डेरा थियो । अजिव चाहाना बसेको थियो उसलाई पाउने, उसँगै बस्ने, उसँगै रमाउने, उसँगै हास्ने, उसँगै खेल्ने । उसैको मात्र आवाज गुञ्जीरहन्थ्यो । कोर्न चाहि चित्रमा उसको मुहार, अनजानमा मनभित्रै कोरीन पुगेछ । चाहेर पनि भुल्न सक्दिन उसँगको सामिप्यता । मेरो जिन्दगीको पहिलो प्रेम एउटा स्वर्गीय अनुभुति थियो । निष्ठुरी समयले हाम्रो साथ त छुटायो तर जिन्दगीको अनिदो अनुभव दिलाएको छ जसलाई म चाहेर पनि भुल्न सक्दिँन,हो म भुल्न सक्दिन।
त्यो दिन जव मेरो स्मरणपटलमा स्फटीक बनेर देखापर्छ म उसको मिठो बोली अनुभुत गर्न पुग्छु जसले पहिलो पटक नै मलाई ऊ प्रति आकर्षित गराएको थियो । त्यो आवाजमा विल्कुलै निर्दोष बालापन थियो । ति मृदुभाषी लवजहरु मेरो कानमा भलै पहिलो पटक अनुभुत थिए तर पनि त्यसमा मैले नौलो किसीमको सामिप्यता पाएको थिएँ । लाग्दथ्यो त्यो आवाज मेरा लागि थियो, मलाई नै बोलाईरहे जस्तो अथवा मलाई नै सुनईरहे जस्तो । मैले सुनिरहेको थिएँ उसलाई । दृश्टान्त पुस्तक पसलमै केन्द्रित छ । उ पनि त्यही केही किन्न आएकी थिईन । मैले भुलिसकेको थिएँ म त्यहाँ किन थिएँ । सेतो कुर्तामा पहेलो, शुन्तला र गुलावी रंगको यति मिठो समिश्रण थियो की जिन्दगीको अनौठो रङ्ग महसुस गर्न पुगेको थिएँ । त्यो बोली अनि त्यो कुर्ताको रंग, म त आतुर थिएँ उसको सुन्दर मुहार हेर्न । हुन त उसलाई नै हेरीरहेको थिएँ म तर पनि उसको मुहारको चमक पढ्न भने सकिरहेको थिईन म । टोलाएर हेरीरहन पनि त सक्थिँन नी म उसलाई । तर पनि म मग्न थिएँ उसकै संसारमा । एक्कासी टेबुलमा भएको फुलबुट्टे छाताले मेरो ध्यान नै भङ्ग गरिदियो । छाता भुँइमा खस्यो । म झस्कीएँ । छाता उठाएर पहिल्यैको स्थानमा राख्न चाहान्थे । म चल्न सकीँन । उनी पनि त्यही छाता उठाउन खोज्दै थिई । मेरा आँखा उसका आँखासँग जुध्न पुगे । म अन्योलमा थिएँ । मेरा आखाँ हटेनन् । उसको त्यो सुन्दर आँखा भित्र मैले भिन्न आत्मिएता भेटेँ । तर एकैछिन्मा भङ्ग भयो त्यो पल । उसका नयन परिवर्तन भए । सायद त्यो डर थियो वा लाज मैले ठम्योउन सकीनँ । मेरा आँखा बल्ल हटे । तर एक्कासी ऊ भने त्यो छाता लिएर आफ्ना संगीहरुसँग त्यहा बाट छुटिन। म भने उसलाई हेरीरहे मात्र हेरीरहे । तर जव टाढा पुगेपछी उसको नजर पुन ममा ठोक्कीन पुग्यो, म आत्तीएँ । ऊ मुस्कुराई तर मेरो मन हाँस्न सकेन सायद त्यो क्षणीक अनुभुतीसँगै कोही आफ्नो गुमाएको महसूस गरे मैले ।...........
या_एक_परिभाषा_अनेक
अन्त्यमा यसरी सुरु भयो......
जव हामी रहरले होस् या बाध्यताले संगै भयौ सवैले भन्ने गर्थे "कस्तो मिलेको जोडी" आज सोच्दैछु त्यो मिलेको मन थियो या, त शरिर?
रै पनि हाम्रो एउटा नाता थियो चिनाउनलाई
"फलानोको फलानो "हाम्रो संबन्ध थियो,प्रस्ट्टाउनलाई
म अलि धेरै समर्पित पो थिए कि तिमी अलि धेरै आकर्षित मात्र पो थियौं कि !
तर जे भए पनि त्यो एउटा परिचयको साईनो थियो
मैले तिम्लाई जसरी हेरे पनि तिम्ले मलाई जसरी बुझे पनि
हाम्रो परिभाषा फरक थियो तर माया एउटै थियो
जो निशब्द मौन बसेर नै परिभाषित थियो।
तिमी सगरमाथा अर्थात तेह्रथुमको तिनजुरे डाँडा जस्तो अग्लिए पनि हतासिएर म हुरीले नुहिएको बासको टुप्पो जस्तो
तिमी तिर नै झुकेको हिजो जस्तो लाग्छ र थियो हेर त ! आज पनि तिमी तिरै
सै सै खेलिरहेको छु तिमी अनुभव गर्न सक्छौ,म पुरै हिजो झै छु
कति शिशिर र ग्रृम काटे पनि।म यसरी समर्पित भै रहदा
मैले माया गरीरहदा तिम्ले मन पराउन छोड्यौ?
मैले कहिल्यै सोचीन किन की मैले माया गर्नुलाई मुख्य ठाने
तिम्ले मन पराउनु/नपराउनु लाई गौणमैले मन पराउला भनेर माया गरेको मैले कदाबी थिईन तनमन समर्पित गरेको थिए
माया गर्नु मैले कर्तव्य सम्झे जो आज सम्म पनि वोध गरिरहेछु
माया गर्नु धर्म सम्झे जो नियम हो,कहिल्यै उलघंन गरिन।
तिमीले जे सोच तिमी विकल्पमा अरू जो खोज त्यो तिम्रो रहर होला त्यो तिम्रो सपना होला मैले रहर र सपनाको लागी कहिल्यै माया गरिन मन पराईन,
मायामा:-मुटुबाट मनै बाट,यसरी समर्पित भए तिमी पनि अनुभव गर्थ्यौ होला मैले मेरो अस्तित्व मेटाएर तिमीलाई स्थापित गरेको थिए।मैले मेरो परिचय समाप्त पारेर
"म भन्नु नै तिमी हौउ" भनेको थिए होइन र नाम सर्बजानिक गरिन ल ।
मायाको कुनै सिमाना हुदैन आकाश सरी फैलिएर
मायाको कुनै वजन हुदैन ढक तराजु,तुलो फ्याकेर तिमीमा मात्र तिमीमा विलिन थिए म जुन दिन देखी तिमी संग सम्बन्धमा आएर समर्पित छु मनबाट,ह्रदयबाट,मन मष्तिश्कबाट
रै पनि तिम्रो हेराईमा तिम्रो नजरमा कहिल्यै मन परिन रहेछु
र आज गुनासो पनि गर्दिन किन कि मैलै त्यसको खातिर माया गरेको थिईन त्यसैमा खुसि र दुःखी दुबै बराबर छू।
तिमी बद्लिनु बेग्लै कुरा मैले परिभाषित गर्नु अलग कुरा
तर माया त माया हो जो एउटै छ,यही माया हो ।
अलिकति भावनाको कुरा गर्छु,हैं,,,यथार्थलाई नभुली आकाशमा जुनतारा रहेसम्म किन कि झारेर तिमीलाई दिन सकिन...
सके पनि झार्दिन किन कि तिम्रो यादमा मैले गन्दै चार प्रहर रात काट्नु छ।
भनौ यो सृष्ट्री रहुन्जेल म तिमीलाई मन पराई रहनेछु
माया गरी रहनेछु किन कि म विना सर्त समर्पित छु
तिमी प्रति,,,तिमि प्रति,,, तिमि प्रति ..........
समाप्त............
अटल सेनेहाङ लिम्बु !
तेह्रथुम लालीगुरास नगरपालिका वार्ड नं~६
हाल~प्रवास मलेसिया धन्यबाद।
क्रमशः बाकी अब अर्को पोष्टमा...