सुनिल चौधरी,,
झुम्का:= बैचारीक एकताको शन्देस दिदै नेतृत्वकर्ता थारु युवाहरुले सनिवार सामुहिक बनभोज कार्यक्रम समपन्न गरेको छ ।“थारु युवा एकता आजको आवश्यक्ता”मुल उधेश्यबोकी सुनसरीको ईटहरी तालतलैयामा बनभोज कार्यक्रम गरेका हुन् ।
सुनसरी ईटहरीका चन्देश्वर चौधरीको संयोजकमा थारु युवा अधिकार, राजनितिक चेतना,शिक्षा लगायतका थारु अधिकारहरुमा जोड दिदै सम्पन्न गरेका हुन् । सो बनभोज कार्यक्रममा सप्तरी,सुनसरी,सिरहा, उदयपुर र मोरंगका ५५ जना नेतृत्वकर्ता युवाहरुको सहभागीता रहेको थियो । युवाहरुमा सामाजिक कार्यकर्ता,कलाकार, जनप्रतिनिधि,पत्रकार, गायक, गायिका,जह ईनटरटेनमेन्टबाट सञ्चालित मिस एण्ड मिस्टर थारुका प्रतिनिधिहरु तथा सेकेन्ड रनरअप अस्मा चौधरीको सहभागी रहेको थियो ।
कार्यक्रममा युवाहरु निर्णायक तहमा पुग्ने रचनात्मक योजना,५ जिल्लाका सयुक्त समिति निर्माण लगायत थप १ जिल्ला झापालाई समावेस गर्दै ६ जिल्लाको तत्काल समिति राखेर युवा प्रशिक्षण भेला र संस्कृति उठान गर्दै युवा पुस्तामा पौरानिक संस्कार हस्तान्तरण कार्यक्रमहरु गर्ने योजना ल्याएका छन् ।
सो कार्यक्रममा युवा पुस्ताका गायक,गायिकाहरुले आफनो प्रस्तुति राखेका थिए भने सामाजिक कार्यकर्ताहरुले बैचारिक मनथन गर्दै धारणाहरु प्रस्तुत गरेका थिए । उदयपुरका गायक आरसि आरएन चौधरी,मोरंगकी निकिता मण्डल थारुले बेजोड गायन प्रस्तुत गरेका थिए । जनप्रतिनिधिमा रामधुनी १ नं. वडाका वडा अध्यक्ष महेस चौधरीले बैचारीक मन्थन गर्दै युवा जागरुक्ताकाबारेमा धारणा ब्यक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रमा सामाजिक कार्यकर्ता थारु महिला उत्थान रामधुनी सुनसरीकी अध्यक्ष सिता थरुनिले युवाहरु जागरुक हुदै राजनितिक क्षेत्रमा अग्रसरहुनु पर्ने बताईन् । राजनितिक चेतना लिदै नेतृत्वतहमा पुगेर आफनो पहिचान बर्चस्वराख्नु पर्ने धारण ब्यक्त गरिन् । थारु मात्र होईन गैर थारु युवाहरुले पनि आफनो क्षमतालाई अगाडी बढाउदै राज्यको नेतृत्व लिनु पर्ने बताईन् । राज्यको बिकासमा युवाको खाँचो औल्याउदै अबको जिम्मेवारि युवाले लिनुपर्नेमा जोड दिईन्् ।
बनभोजमा उदयपुरका सुदिप चौधरी र शन्देस चौधरीको नेतृत्वमा सहभागी भएका थिए भने सिरहाबाट सुर्यनारायण चौधरी,सप्तरीबाट मिस एण्ड मिस्टर थारु सिजन १ का सेकेन्ड रनरअप प्रद्धुमन चौधरीको संयोकमा सहभागी हुदै सामुहिक रुपमा मनाएका छन् । बनभोज कार्यक्रम थरुहट,हामि थारु,थारु महिला उत्थान समाज रामधुनी सुनसरीले आयोजना गरेका थिए ।