बालुवाटार बैठकः रेशम चौधरी जेलमुक्त, संविधान संशोधन गर्न प्रधानमन्त्री तयार !

Wednesday, 26 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा राजपा अध्यक्ष मण्डल र प्रधानमन्त्रीबीच भएको छलफलमा ओलीले एक साताको समय माग गरेका हुन् ।

छलफलमा कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधनलगायतको विषय उठेको थियो ।
प्रधानमन्त्रीले राजपाले उठाएका सबै विषय ‘प्याकेज’मै समाधान गर्ने आश्वासन दिए ।
राजपा अध्यक्ष मण्डलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको थियो । राजपाको बैठक बस्नुअघि नै प्रधानमन्त्रीले छलफलका लागि राजपा नेताहरुलाई बोलाएका थिए ।

यसैबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले राजपाको मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको र अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी बाकी कामकुरा अगाडि बढाउने बताए ।
source:- Kathmandu today

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu