माघी मिलन साँस्कृतिक महाेत्सव भव्य र सभ्य बनाउन अाग्रह ॥

Wednesday, 26 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चाैधरी,,
कपिलवस्तु:= विगतका बर्ष झै गर्दै अाईरहेकाे माघी मिलन साँस्कृतिक महाेत्सव यस बर्ष पनि हुने भएकाे छ । थारु समुदायकाे माघी पर्व नजिकिँदै गर्दा साे समुदायमा हर्ष उल्लास छाएकाे छ । 

     "हम्मन संस्कृति हम्मनके शान, भूमि पुत्र थारु हमरे बचाई अप्न पहिचान" भन्ने मुल नारा सहित यहि पाैष २९ गते देखि सञ्चालन हुने कार्यक्रम ३ दिन सम्म चल्ने साथै कार्यक्रम भव्य र सभ्य बनाउन सबै जन समुदायलाई अाग्रह समेत अायाेजक कमिटीले गरेकाे बताएको छ । 

     शिवराज न.पा.९, भगवानपुरकाे प्राङ्गणमा हुन गइरहेकाे कार्यक्रममा लाेप हुँदै गएकाे थारु साँस्कृतिक पहिचान झल्काउने पाेशाक लेहंगा चाेली, गहना गुरिया, हाटे निर्माण सामाग्री ढकिया लगायतको सामाग्री प्रदर्शन गरिने सह-संयाेजक भिखु थारुले बताएक छन् । 

     त्यसैगरी साँस्कृतिक नृत्य लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरू कुसल तथा चर्चित गायक श्रीनिवास चाैधरी, एकदमै ख्याति प्राप्त गायिका अन्नु चाैधरी, त्यसैगरी निकै सुमधुर स्वरका धनी चर्चित गायिका समिक्षा चाैधरी, गायक रमेश मिसन, गायक सरगम चाैधरी, नव गायक उत्तम चाैधरी, गायक सिमान्त थारु, यसैगरी माेडल सुनिता दहित र गायक रञ्जित थारु लगायत कलाकारहरूको धमाकेदार प्रस्तुति रहने साँस्कृतिक संयाेजक शिवराज थारूले बताएका छन् ।

     यसैबीच उक्त कार्यक्रम सफल बनाउन ९ मुल कार्य समिति गठन गरेकाे छ । जसकाे संयाेजकमा रमेश चाैधरी, सह-संयाेजकमा भिखु थारु, सचिवमा दु:ख राम थारु, काेषाध्यक्षामा शिवराज थारु, सह-काेषाध्यक्षामा प्रमिला थारु रहेका छन् । 

     यसैगरी सदस्यहरूमा शेनापति थारु, शिव बालक थारु, गाेपाल थारु रहेकाे छन् । र साे कार्यक्रम भगवानपुर गाउँ समाजको अायाेजनामा हुन लागेकाे कार्यक्रम मूल संयाेजक रमेश चाैधरीले जानकारी दिनुभयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu