पौष २८ गते सनिवार थारु महिलाहरु ईटहरीमा भब्य माघी साँस्कृतिक कार्यक्रम गर्ने तयारीमा

Thursday, 27 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुनिल चौधरी
ईटहरी:=थारु महिला सभा ईटहरी नगर कार्य समितिले माघि(तिला संक्राईत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । नयाँ अन्नबालिबाट बनेको परिकार कुलदेवता चढाउदै गरिने माघि पर्व संरक्षण र प्रवद्र्धन गर्न ईटहरीका महिलाहरुले सामुहिक रुपमा मनाउन बुधवार बैठक बसि कार्यक्रम गर्ने निर्णय गरेको हो ।

कार्यक्रम ईटहरीको जनता माध्यमिक बिध्यालयको खेलमैदानमा गर्ने तयारी गरेको छ । कार्यक्रममा प्रत्येक वडाबाट झाकि सहितको साँस्कृतिक कार्यक्रम प्रस्तुती गर्ने जनाएको छ । स्टलहरुमा थारु सामाग्री,परिकार,भेष भुषाहरुको प्रदर्शिन गरिने छ । आधुनिक,पौरानिक रुपमा नाचिने नृत्यहरु प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा थारु महिला सभा केन्द्रिय,जिल्ला र वडा समिति,थाकस जिल्ला र नगरको सहयोगी रहनेछन् भने मिडिया पर्टनरमा थारु पत्रकार संघ,आदिवासि जनाजाति पत्रकार महाँ संघ सुनसरी र रेडियो रामधुनी रहने नगर अध्यक्ष सुनिता चौधरीले बताईन् । कार्यक्रममा उपस्थित भई सहयोग र साथकालागी अध्यक्ष चौधरीले अपिल समेत गरेकी छिन् ।

थारु समुदाय पश्चिममा नयाँ बर्षको रुपमा लिने गरिन्छ । पुर्वमा यस पर्वको अवसरमा उब्जाउ भएको नयाँ अन्नबालिबाट परिकार बनाई कुलदेवतालाई चढाई प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । यसका साथै अगामि बर्षहरुमा बढि उब्जनिको कामना गर्दै माधिपर्वमा परिकार बनाएर देवतालाई चढाउने धार्मिक मान्यता समेत रहेको छ । नयाँ अन्नबालिमा सख्खर मिश्रण गरेर परिकार बनाएर ग्रहण गरे शारिरिक रुपमा बलियो हुने, शक्ति प्राप्त हुने  ,रोग ब्यादिबाट टाढा रहने समेत मान्यता रहेको छ । परिकारमा भुजाको लडडु,तिलको लडडु,माछा खाएर आदिम कालदेखि थारुहरु मनाउदै आएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu