नवाैँ कपिलवस्तु माघी महाेत्सव-२०७५ चन्द्राैटामा हुने ॥

Thursday, 27 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम अवतार चाैधरी ,,
कपिलवस्तु: = नवाैँ कपिलवस्तु माघी (खिचडी) महाेत्सव यस बर्ष शिवराज न.पा.५, चन्द्राैटामा हुने भएकाे छ । हिजाे चन्दाैटामा बसेकाे थारु कल्याणकारी सभाकाे कपिलवस्तु जिल्ला अध्यक्ष उमाशंकर थारुकाे संयाेजकत्वमा बसेकाे बैठकले १ सय ५० उप कार्य समिति गठन गरेकाे छ । 

     जसकाे सचिवालय उप-समितिमा थाकसकाे जिल्ला अध्यक्ष उमाशंकार थारुकाे संयाेजकत्वमा ११ जनाकाे उप कार्य समिति चयन गरेकाे छ । यसैगरी अार्थिक संयाेजक सुकई थारु सहित ७ जना, मिडिया संयाेजक राम अवतार चाैधरी सहित ५ जना, झाँकी संयाेजक राजकुमारी थारु सहित १० जना रहेका छन् । 
     
त्यसैगरी साँस्कृतिक संयाेजकमा श्रीनिवास थारु सहित ५ जना, मञ्च व्यव
स्था संयाेजक प्रकाश थारु सहित ५ जना, अतिथि सत्कार संयाेजक मञ्जु थारु सहित ७ जना, प्रचारप्रसार संयाेजक रविलाल थारु सहित ७ जना रहेका छन् । यसैगरी शान्ति सुरक्षामा संयाेजक सन्तोष थारु सहित १४ जना, पार्किमा संयाेजक गणेश थारु सहित ५ जना र साथै भान्सा संयाेजक बबिता थारु सहित ११ जनाकाे उप कार्य समित महाेत्सवलाई सभ्य र भव्य बनाउन अायाेजकले गठन गरेकाे मुल कार्य समितिले जनाएकाे छ ।

     यसैबीच कार्यक्रम सफल बनाउन सबैका सहकार्य अावश्यक रहेकाे साथै थारु समुदायकाे माघी पर्वलाई थारुहरूले नयाँ बर्षकाे रूपमा हर्ष उल्लासका साथ मनाउने गरेकाे पाईन्छ । साथै शिवराज नगरपालिका उप-पमुख शिवकुमारी थारुले कार्यक्रमलाई सम्बाेधन गर्दै हरेक बर्ष कपिलवस्तु माघी महाेत्सव बाणगंगा र बुद्धभुमि नगरपालिकामा लाग्ने गरेकाे थियाे तर अहिले भने अाफ्नै नगरपालिकामा अाएकाे खुसि व्यक्त गर्दै सबै समुदायका जातजाति मिलि एक अर्काकाे चाँड पर्वलाई सकारात्मक सहयाेग र सम्मान सहित एकजुट भई सफल बनाउन अाग्रह समेत गर्नुभयो ।

     माघी महाेत्सवमा थारु खानाका परिकार, थारु समुदायकाे हस्तकला सामाग्री ढकिया र थारु साँस्कृतिक पहिचान झल्किे पहिरन लगायतकाे नृत्य समेत प्रस्तुत गरिने अायाेजक कमिटीले बताएकाे छ ।

     उक्त कार्यक्रम थाकस जिल्ला अध्यक्ष उमाशंकर थारुकाे संयोजकत्वमा बैठक बसेकाे हाे । जसमा थारु समुदाय लगायत अन्य समुदायकाे बुद्धिजीवी, पत्रकार, संघ संस्थाका प्रतिनिधि, थारु अगुवा लगायत भद्र भलादमीहरूकाे सहभागितामा कार्यक्रम सम्पन्न भएकाे शिवराज नगर इकाई समितिका अध्यक्ष जगदेव थारुले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu