युवा सभा द्वारा लोकसेवा आयोगसँग थारु कोटा छुट्याउन माग…………
काठमाडौं, पुस 9
थारु युवा सभाले लोकसेवा आयोगले विज्ञापन खोल्दा संवैधानिक व्यवस्थाअनुसार मा थारु कोटा उल्लेख नभएकोले पुन थारु कोटाको विज्ञापन खोल्नुपर्ने माग गर्दै संघीय मामिला तथा सामान्य प्रसासन मंत्रालय, सिंहदरवार लगायत प्रधानमंत्री तथा मंत्री परिषदको कार्यालय, सिंहदरवार , कानुन न्याय तथा संसदीय बेवस्था संसदको सचिवालय,सिंहदरवार, न्याय परीषद, कुपन्डोल ललितपुर लोकसेवा आयोगको कार्यालय आनमनगर, सिक्षा सेवा आयोग ( सानो ठिमी भक्तपुर् ), नेपालि सेना केन्द्रिय कार्यालय भद्रकाली , त्रिभुवन बिश्वबिधालय किर्तिपुर, निवेदन दर्ता गराएको छ ।
संविधानले समानुपातिक सिद्धान्तअनुसार प्रतिनिधित्व गराउने व्यवस्था गरेको र सर्वोच्च अदालतबाट थारु कोटा राख्ने निर्देशन भइसक्दा समेत आयोगले थारु कोटाको विज्ञापन नखोलेको जानकारी गराउदै कोटा माग गरेको थारु युवा सभा अध्यक्ष कानुनलाल चौधरी ले बताउनुभयो ।
आयोगले हालसालै खोलेको अधिकृत तहको विज्ञापनमा थारु कोटा नआएको उदाहरण दिंदै थारु युवा सभाका महा सचिब चंचल चौधरी भन्नु हुन्छ “राज्यको संयन्त्रमा थारुको सहभागिता हुने हक आयोगले खोसेको छ ।र आयोगले खोलेको विज्ञापनमा त्रुटी भएकाले त्यसलाई खारेज गरी संवैधानिक व्यवस्थाअनुरुप पुनः विज्ञापन खोल्न युवा सभा जोरदार माग गर्द छ ।”
यसअघि अधिवक्ता शान्ति मोदी थारुले सर्वोच्चमा दिनुभएको रिटपछि सर्वोच्चले २०७४ कात्तिक १५ गते समानुपातिक सिद्धान्तको आधारमा थारु समुदायलाई पनि लोकसेवा आयोगको विज्ञापनमा सरिक गराउन आदेश गरेको थियो । संविधानको धारा ४२ मा समानुपातिक समावेशीताका आधारमा राज्यको निकायमा सहभागिताको हकको वास्तविक र व्यवहारसँगतरुपमा कार्यान्वयन गर्नु गराउनु उल्लेख छ ।