गायक,गितकार,कलाकार कर्णविरको एकल एल्बम सार्वजनिक(भिडियो सहित)

Tuesday, 25 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
चिरन्जीवी भण्डारी,,
काठमाडौं:=/बिगत ८,९ बर्ष  देखि अमेरिकामा  रहेर नेपाली गीत संगीतलाई मायाँ गरी गीति लेखन, गायन संगसंगै कालाकरीता  लाई अगाडी बढाइरहेका गायक,गीतकार, कलाकार कर्णवीर"ले नेपाली गीत संगीत प्रेमीहरुलाई  मध्यनजर गर्दै आफ्नो एकल आधुनिक एल्बल (तिम्रो मायाँमा) सार्वजनिक गरेका छन् ।

 बास्तबमा भन्ने हो भने, गायक कर्णवीर बहुप्रतीभाका धनि एक होनहार कालाकार भन्दा फरक नपर्ला । ८ बर्षको उमेर बाट गीत गजल लेखन क्रियाकलापमा आवद्ध भै निरन्तरता दिंदै  गायक तथा कलाकारितालाई पनि अगाढी बढाईरहेका  गायक कर्णवीर'ले धेरै समय पछाडी आफ्नो एकल आधुनिक एल्बम सांगीतिक  बजारमा ल्याउन सफल भएका छन् ।

अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई मायाँ गर्ने होनहार कलाकार मध्ये गायक कर्णवीर पनि पर्दछन्  ।उनले पछिल्लो समयमा विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गर्दै गायन र गीति लेखन कार्यलाई पनि अगाढी बढाएका छन् । यसै क्रममा  भर्खरै  उनले अमेरिकामा  सम्पन्न (ग्लोबल नेपाल फिल्म म्युजिक मिडिया शोसल अवार्ड २०१८) को कार्यक्रम बीच फिल्म क्षेत्रका दिग्गज व्यक्तिहरु तथा सांगीतिक क्षेत्रका  माहान हस्तीहरुका बीच आवाजको दुनिया छुट्टै पहिचान बनाएका चर्चित प्रोग्राम उद्घोषक दिनेश डिसी तथा गीतकार/संगीतकार, येदीन गजमेर'को हातबाट संयुक्त  रुपमा आधुनिक एल्बम बिमोचन गराएका छन् ।

 विभिन्न  फिल्म कर्मी र संगीतकर्मी तथा गीतकार/ संगीतकार, येदीन गजमेर लागायत अन्य  श्रष्टा'ले पनि गायक कर्णवीर'को एल्बम र समग्र गीतको चर्चा परिचर्चा गरेका थिए, साथै उनको आवाजमा बलिबुड गायक कुमार सानुको झल्को आउने र गायक कर्णवीर'को भबिष्य उज्ज्वल रहेको भनि गायक कर्णवीर"को प्रसंसा गरेका थिए ।


कर्णवीर"को  ( तिम्रो मायामा ) एल्बममा जम्मा जम्मी ६ वटा गीत र बोनसमा एउटा ट्रयाक समावेश गरिएको छ | उक्त एल्बमका सबै गीतलाई गीतकार/ गायक  स्वयम् कर्णवीर"ले नै  रचना गरेका छन् भने, एल्बमका ३ वटा गीतमा गीतकार/ संगीतकार येदीन गजमेर"को  संगीत रहेको छ भने, |  बाँकी ३ वटा गीतमा चर्चित गायक/ संगीतकार अनुप रेग्मी'को  संगीत रहेको छ | उक्त एल्बमको २ वटा युगल गीत ( १ तिम्रो मायाँमा) ( मेरो मनलाई) गीतमा  गायक कर्णवीरलाई गायकीमा चर्चित गायिका मेलिना राईले साथ् दिएकि छन् |

 उक्त एल्बम  तयार पार्नमा ठुलो सहायोग रहेको भन्दै गीतकार/ संगीतकार, येदीन गजमेर ,गायक / संगीतकार अनुप रेग्मी ,जुनी गजमेर ,बिष्णु सेन्चुरीलाई  उक्त बिमोचन कार्यक्रम'मा गायक कलाकार कर्णवीर"ले हार्दिक धन्यबाद ज्ञापन गरे |
तलको लिङ्क क्लिक गरि हेर्नुहोस् भिडियो;-

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu