महिनावारी स्वच्छता ब्यवस्थापन गर्न सुरक्षित महिनावारी अभिमुखिकरण तथा प्याड सहयोग कार्यक्रम सम्पन्न

Thursday, 27 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
बर्दिया := गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाजले गेरुवा गाँउपालिका, मधुवन र राजापुर नगरपालिका अन्तरगतका कार्य क्षेत्र अन्तरगतका माध्यमिक बिद्यालयहरुमा “सुरक्षित महिनावारी सम्बन्धी अभिमुखिकरण तथा प्याड सहयोग कार्यक्रम” बिभिन्न औपचारिक कार्यक्रम बिच सम्पन्न भएको छ । 

उक्त कार्यक्रम सोनाहा विकास समाजको कार्य क्षेत्रको गेरुवा गाँउपालिका अन्तर्गतका ३ वटा क्रमशः एक प्रिय राठौर मा.बि, जनता मा.बि. ने.रा. गणेश मा.बि.,राजापुर नगरपालिका अन्तर्गत्का १ वटा कालीका मा.बि.मा सम्पन्न भएकोछ । र मधुवन नगरपालिका अन्तर्गत ३ वटा गुराँस मा.बि., भृकुती मा.बि. र ने. रा. मा.बि. मा भएको सोनाहा विकास समाजका स्वास्थ्य खानेपानी सरसफाई सहजकर्ता प्रोनिता चौधरीले बताउनु भएकोछ ।

डिसेम्बर २१ देखि डिसेम्बर २७ २०१८ सम्म सम्बन्धित बिद्यालयहरुमा औपचारिक कार्यक्रम द्वारा उक्त कार्यक्रम भएको छ । यस कार्यक्रमका दौरानमा बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ,  स्वास्थ्य संस्थाका प्रतिनीधि, बिद्यालय प्रशासन, बिद्यार्थी तथा सोनाहा बिकास समाजको उपस्थितीमा, विद्यालयमा अनुकुल वातावरणको सिर्जना गरी शैक्षिक उपलब्धि बढाउनका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्धन गर्ने,  प्रयोगकर्तामैत्री विद्यालय खानेपानी तथा सरसफाइका सुविधाहरू सञ्चालन र स्वच्छता ल्याउने हेतुले भएको हो । 

विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता र महिनावारी स्वच्छता ब्यवस्थापनमा सुधार भइ  सन् २०३० सम्म सबैको लागि र सधैको लागि पूर्ण सरसफाइको अवस्था हासिल गर्ने नेपाल सरकारको लक्ष्यलाइ पुरा गर्नमा यस कार्यक्रमले सघाउ पुगाउने सोनाहा विकास समाजका जन स्वास्थ्य सहायक गोपी राम चौधरीले बताउनु भयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu