पुस २७ गते देखि  बेलाैरीमा प्रथम बेलाैरी माघी मेला हुने

Friday, 28 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

जुद्ध चाैधरी,,
बेलाैरी:=पश्चिमा थारूहरूकाे महान पर्व माघी सँक्रान्तिकाे अवसर पारेर थारू कल्याणकारिणी सभा बेलाैरी नगर समितिले पुस २७ गते देखि कञ्चनपुरकाे बेलाैरीमा प्रथम बेलाैरी माघी मेलाकाे अायाेजना गर्ने भएकाे छ।

विहिवार बेलाैरी स्थिति अाफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरि थारू कल्याणकारीणी सभाले कार्यक्रम बारे जानकारी गराएकाे हाे। थारू एकता हमार सान , शिक्षा भाषा सँस्कृती पाैर्हैटी लैजीना हमार अभियान भन्ने मुल नाराका साथ बेलाैरीमा पहिलाे पटक बृहत् कार्यक्रमका साथ प्रथम बेलाैरी माघी कार्यक्रमकाे अायाेजना गरिन लागेकाे प्रचार प्रसार सँयाेजक कृष्ण गम्वाले जानकारी दिनुभयाे।

जातिय पहिचान, भाषा, धर्म तथा सँस्कृतीकाे जगेर्ना तथा प्रचार प्रसार गर्ने मुख्य उदेश्यले कार्यक्रमकाे अायाेजना गरिएकाे अायाेजकले जनाएकाे छ। माघी मेला पुस २७ गते देखि २९ गते सम्म तीन दिन सञ्चालन हुनेछ। कार्यक्रम सफल बनाउन विभिन्न उप समिति पनि गठन गरिएकाे छ। अार्थिक ब्यवस्थापनमा रेशम चाैधरी, सँस्कृती ब्यवस्थापनमा दीनेश चाैधरी, स्टल तथा झाँकी ब्यवस्थापनमा विक्रम चाैधरी, सुरक्षा ब्यवस्थापनमा जगदिश चाैधरी, मञ्च ब्यवस्थापनमा मनाेज चाैधरी, पार्किङ्ग ब्यवस्थापनमा सुरज चाैधरी, स्वास्थ्य ब्यवस्थापनमा दीपेन्द्र चाैधरी, कलाकार ब्यवस्थापनमा रमेश चाैधरी, स्वागत सम्मान ब्यवस्थापनमा अारती चाैधरी, प्रचार प्रसार ब्यवस्थापनमा कृष्ण गम्वा, अतिथि सत्कार ब्यवस्थापनमा महेश चाैधरी र जनसम्पर्क ब्यवस्थापनमा पर्शुराम चाैधरी काे सँयाेजकत्वमा उपसमिति गठन गरिएकाे छ।

माघी मेलामा थारू खानाका परिकार बँगुरकाे मासु, माछा, ढिक्रि, सिन्की, बयरकाे चटनी, तिलकाे अचार, जाँडकाे झाेल अादी उपलब्ध गराईने अायाेजकले बताएकाे छ। साथै कार्यक्रम अवधि भर थारू समुदायकाे कला सँस्कृती झल्किने झाँकी, मघाैटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाच, थारू तथा गैर थारू कलाकारहरूकाे समेत प्रस्तुती रहने अायाेजकले जनाएकाे छ। कार्यक्रमकाे उद्घाटन नेपाल सरकारका खाने पानी मन्त्री बीना मगरले गर्ने थारू कल्याणकारिणी सभा बेलाैरी नगर सँयाेजक खड्ग बहादुर चाैधरीले जानकरी गराउनु भयाे। तीन दिन सम्म चल्ने उक्त कार्यक्रम अबधिभर बेल्डाँडी, बेलाैरी र पुनर्वासका गरि दस हजार भन्दा बढीले कार्यक्रमकाे अवलाेकन गर्ने अायाेजकले बताएकाे छ।

थारू कल्याणकारीणी सभाका केन्द्रीय सदस्य जीऊलाल चाैधरी प्रमुख अतिथि रहेकाे साे पत्रकार सम्मेलन कार्यक्रममा विशिष्ट अतिथि थारू कल्याणकारीणी सभा कञ्चनपुरका उपसभापति सुनिता चाैधरी र थारू कल्याणकारिणी सभा बेलाैरी नगर सभापती खडक बहादुर चाैधरी रहनु भएकाे थियाे। प्रचार प्रसार समितिका सँयाेजक कृष्ण गम्वाकाे सभापतित्वमा सम्मपन पत्रकार सम्मेलन कार्यक्रमकाे सञ्चालन था. क. स. कञ्चनपुर जिल्ला सचिव रेशम चाैधरीले गरेका थिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu