कैलाली कारागारमा रहेका थारु नेता लक्ष्मण थारु विरामी(Get well soon)

Saturday, 29 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

धनगढी:= टीकापुर घटना मुद्धामा पुर्पक्षको लागि कैलाली कारागारमा रहेका थारु नेता लक्ष्मण थारु विरामी परेका छन् ।
विहीवार रातीबाट टाउको, कान र छाती दुख्ने समस्याले ग्रस्त भएका नेता थारुको स्वास्थ्य जाँचको लागि कारागार प्रशासनले शुक्रवार अस्पताल लगेको थियो । 

कैलाली कारागारका प्रमुख महेन्द्र खड्का अनुसार नेता थारुलाई सुरुमा सेती अञ्चल अस्पताल लगिएको थियो । पछि उनका आफन्तजनको आग्रहमा धनगढीकै जनता क्लिनिकमा लगिएको कागारार प्रमुख खड्काले बताए । स्वास्थ्य जाँचपछि उनलाई कारागार फिर्ता गरिएको थियो ।

तर साँझ ६ बजे पुनः उनको अवस्था विग्रन थालेपछि कारागारकै डाक्टरको सल्लाह अनुसार औषधी चलाइएको छ । तत्काल अस्पताल लगिने अवस्था नरहे पनि भोलि (शनिबार) पुन अस्पताल लगिने कारागार प्रमुख खड्काले जानकारी दिए । 

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते ८ प्रहरी र १ नाबालकको ज्यान जाने टीकापुर घटना घटेको थियो । सो मुद्धामा नेता थारुसहित २६ जना हाल पुर्पक्षका लागि कारागारमा रहेको छन् । तर उनीहरुको मुद्धा अझै किनारा लाग्न सकेको छैन ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu