ट्रकको ठक्करबाट चितवनका सन्चारकर्मी प्रवीण पौडेलको मृत्यु(Rip)

Friday, 28 December 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

चितवन := ट्रकको ठक्करबाट चितवनका सन्चारकर्मी प्रवीण पौडेलको आज दिउँसो मृत्यु भएको छ ।
स्कुटीमा सवार रहेका पौडेललाई बिहान ११ बजेतिर रत्ननगरस्थित निपनीचोकमा एक मालवाहक ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारकाक्रममा भरतपुर अस्पतालमा दिउँसो मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
पौडेल ‘एपी वान’ टेलिभिजनका क्यामरा पर्सन थिए बा१प ९२१ नम्बरको स्कुटरमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेका पौडेललाई ना२ख २१६६ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

पौडेललाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu