थारु समुदायलाई माघी भ्याइ नभ्याइ (एक सेयर अनिवार्य गर्नुस्)

Saturday, 5 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

 दिपक के.सी.,,

कपिलवस्तु := थारु समुदायको बाहुल्यता रहेको कपिलवस्तु जिल्लामा पुष महिना सकिदै गर्दा र माघी नजिकिदै गर्दा थारु समुदायलाई माघी पर्व मनाउन तयारी भ्याइनभ्याइ भएको छ । थारु समुदायलाई हर्षोउल्लासका साथ मनाउने माघी पर्वमा थारु समुदायको जमघट, रमाइलो र मिठा परिकारहरुको खानपान सहित मनाइने माघी पर्वले थारु समुदायको एकता र संस्कृतिलाई पनि उजागर गर्ने गरेको छ ।

माघीमा विशेष परिकारका रुपमा खाइने घोघी खोज्न बिहानै विभिन्न पोखरी र तालहरुमा पुगेको देखिन्छ । लामो समय देखि संकलन गरिएको घोघी विशेष गरी माघीको दिन खिचडी संग खाइने पूर्व रहटकोलकी हसिना थारुले बताइन । “ 

[माघीको दिनको लागि भनेर घोघी खोज्न लागेको, माघीमा घरमा आउने आफन्तजन पाहुनालाई बिशेष परिकारको रुपमा घोघी,सिद्रा र खिचडी खुवाउने चलन छ”]

खास गरि माघीमा खिचडी, घोघीका परिकारहरु बनाइने र घरमा आउने पाहुनाहरुलाई खुवाउने चलन रहेको छ । आत्मियताको पर्वको रुपमा मनाइने माघी पर्वमा विभिन्न मनोरन्जनात्म कार्यक्रमहरुको पनि आयोजना गरिदै आएको छ । जिल्लाका विभिन्न स्थानहरुमा माघी विशेष माघी मिलन कार्यक्रमहरुको आयोजना गरिएको थारु कल्याणकारी सभाको कपिलवस्तु जिल्ला अध्यक्ष उमाशंकर थारुले बताए ।

सभाले विगत देखि विभिन्न स्थानमा माघी मिलन खिचडी महोत्सव मनाउदै आएको जानकारी दिदै यस बर्ष चन्द्रौटामा माघी मिलन साँकृतिक कार्यक्रम आयोजना गरिएको थारुले बताए । प्रत्येक वर्ष विविध कार्यक्रम आयोजना गर्दै थारु कल्याणकारी सभा थारु सास्कृतिक जोगाउने प्रयासमा लागेको संयोजक थारुले बताए । सबै समुदायका जातजाति मिलि एक अर्काको चाँड पर्वलाई सकारात्मक सहयोग र सम्मान सहित एकजुट भई सफल बनाउन उनले सबैमा आवहान गरे । माघ २ गते देखी ४ गते सम्म चन्द्रौटामा उक्त कार्यक्रम हुने आयोजकले जनाएको छ । त्यस्तै भगवानपुरमा पनि दुसरा माघी मिलन साँस्कृतिक महोत्सवलाई भव्य र सभ्य सफल बनाउन थारु समुदायका अग्रज व्यक्तिहरुले आग्रह गरेका छन ।

जिल्ला भरी नै माघीको रौनकता बढेको छ , माघीलाई नयाँ बर्षको रूपमा मनाउँदै आएको छन । माघी पर्वको अवशरमा शिवराज नगरपालिकाका २ स्थानमा भव्य सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटामा नवौँ कपिलवस्तु माघी(खिचडी) महोत्सव हुने भएको छ भने शिवराज नगरपालिका ९ भगवानपुरमा दुसरा माघी मिलन महोत्सव हुने भएको हो । थारु समुदायमा लोप हुँदै गएका साँस्कृतिक जोगाउन यस्ता महोत्सवहरु आयोजना गरिएको आयोजकहरुलेको दावी गरेका छन ।

भगवानपुर गाउँ समाज समितिको आयोजनामा आदिम कालदेखि यस क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायको कला, संस्कृति, खानपान तथा भेषभुषा लोप हुन् लागेको अवस्थामा हाम्रो समाजलाई जागृत गराउने उद्देश्यले हुन लागेको थारु संस्कृतिक महोत्सव पुस २९ गतेदेखि ३ दिन सम्म सञ्चालन हुने महोत्सव मुल समारोहका संयोजक रमेश थारुले बताए ।
तीन दिन सम्म लाग्ने महोत्सवमा कपिलवस्तुमा रहेको थारु समुदायको संस्कृतिको पहिचान हुने गरि झाँकी प्रदर्शनी तथा झुम्रा, झर्रा, सजनी, विरहनी, सोङ(नाटक) र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहने संस्कृति संयोजक शिवराज थारुले बताएका छन् ।

थारु साँस्कृतिक पोसाकमा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी चौधरी

उक्त महोत्सवले थारु भाषाको विकास तथा संरक्षण गर्ने, मौलिक भेषभुषा कला र संस्कृतिको प्रचारप्रसार, थारु खानाको परिकार, हस्ताकला सामाग्रीको प्रदर्शन, परम्परागत सीपहरूको बृद्घि विकास प्रवर्द्घन तथा बजारिकरणमा सुधार र थारु जातिको उत्थानमा महत्त्वपूर्ण योगदान तथा प्रर्बद्घन गर्ने उद्देश्य संचालन हुने माघी पर्वलाई स्थानिय तहहरुबाट पनि आर्थिक सहयोग उपलब्ध हुने शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले बताइन । उपप्रमुख थारुले भव्य र सभ्य भएर माघी पर्व मनाउनुपर्ने जनाईन । शिवराज नगरपालिकाका २ स्थानमा कार्यक्रम आयोजना गरिएकोले आफुलाई पायक पर्ने ठाउमा गएर पर्वलाई भव्य रुपमा मनाउन नगवासीहरुलाई आग्रह गरिन । पुरानो पर्व को रुपमा रहेको माघी पर्वलाई चौधरी समुदायले नया वर्षको रुपमा मनाउने गरेको वताइन । सम्पुर्ण थारु समुदायका नागरिकहरु एकजुट भएर माघी पर्वलाई सस्कृतिकको संरक्षण प्रचार प्रचार गर्ने उद्देश्यले कार्यक्रमहरु आयोजना गर्न आयोजकहरुलाई आग्रह गरेकी छिन

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu