पहिले आत्मरक्षाका लागि प्रयोग हुने लठ्ठि,अहिले थारु ‘स्टिक डान्स’

Saturday, 5 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
दयाराम आचार्य,,
नवलपरासी:= थारु समुदायमा आत्मरक्षा लागि प्रयोग हुने लठ्ठि अहिले आएर लाठि ना“च(स्टिक डान्स)मा परिवर्तन भएको छ । जं¨ल आसपास बसोबास गर्दा बिभिन्न ज¨ली जनावरको डर हुनेहुदा सुरक्षा प्रदानका लागि थारु समुदायको हतियार बन्ने गर्दथ्यो लठ्ठि । परापूर्वकालमा अन्य हतियार नहुदा लठ्ठिलाईनै हतियारको रुपमा उपयोग गर्दै आउने गरेकोमा अहिले त्यही लठ्ठि ,थारु समुदायको सास्कृतीक पहिचान बन्न पुगेको छ । थारु समुदायको सास्कृतीक पहिचान मात्रै होईन अहिले लाठि ना“च यो समुदायको आम्दानीको श्रोत समेत बन्ने गरेको छ ।

थारु समुदायको बाहुल्यता रहेका क्षेत्रमा हुने बिभिन्न कार्यक्रममा लठ्ठि नाच प्रमुख आकर्षण बन्ने गरेको छ ।

‘गैंडा,बाघ,भालु लगाएतका जनावरलाई खेतीबाट जोगाउन लठ्ठिनै हतियारको रुपमा प्रयोग गर्ने गरिन्थ्यो, त्यो समय अरु हतियार त चलाउथेनौ ’ थारु समुदायका अगुवा ६४ बर्षीय सिताराम चौधरीले भन्नुभयो–हामिले आफ्नो सुरक्षा कसरी गर्ने भनेर लठ्ठि नचाउथ्यो,अहिले त्यही ‘स्टिक डान्स’ भयो ।

चौधरीले आफुहरु बस्तुभाउ चराउन जादा लठ्ठिकै भोदि खेल लेल्ने गरेको सम्झदै ,त्यो समयमा लठ्ठिका बिभिन्न कला कौशल प्र्रस्तुत गर्ने गरेको भन्दै अहिले त्यसैको परिमार्जित रुपमा लाठि नाच ( स्टिक डान्स) आएको बताउनुभयो । लठ्ठि नाचलाई झण्डै १५ बर्ष अघि सामान्य मनोरञ्जनको रुपमा देखाउने गरेकोमा पछिल्लो ६ ÷७ बर्ष यता यसले व्यापकता पाएको उहा“ले बताउनुभयो ।

ज¨लछेउमा बस्ती हुने सामान्य तरिकाले लठ्ठिको प्रयोगले ज¨ली जनावरबाट खेतीबाली जोगाउन समेत गाह्रो हुने र स्वयमको सूरक्षा नुहुने भएपछी लठ्ठिलाई कसरी कलात्मक ,रक्षात्मक रुपमा मजबुत तरिकाले खेलाउन सकिन्छ भनेर लठ्ठि खेलाउन थालिएको भन्नुहुन्छ थारु कल्याणकारीणी सभा नवलपरासीका पूर्व अध्यक्ष गणेशमान महतो । उहा“का अनुसार पहिला रक्षात्मक रुपमा लठ्ठि चलाउन सिकाउने गरिथ्यो । अहिले यसलाई बाजा संग जोडेर नाच्ने गरिएको उहा“ले बताउनुभयो । बाजाको तालमा लठ्ठि नचाउदा रमाईलो हुन थालेपछी यसलाई ‘स्टिक डान्स’को परिमार्जन गरियो ’ महतोले भन्नुभयो–पहिला पुरुषले मात्र नचाउने लठ्ठि अहिले महिला र पुरुष दुवैले नाच्न थालिएको छ ।

लाठि ना“च पनि बिभिन्न प्रकारको रहेको महतोले बताउनुभयो । झर्रा,ठेकरा,मेडरी जस्ता नाचमा लठ्ठि नचाउने गरिन्छ । झर्रा नाचमा ठुला लठ्ठिको प्रयोग हुन्छ र बल पूर्वक जुधाउने गरिन्छ । ठेकरामा सानो बा“सको लठ्ठि जुधाएर नचाउने गरिन्छ । लठ्ठिको केही भाग साना साना चिरा पारिएको हुन्छ र यसलाई जुधाउदा आवाज निस्कने गर्दछ । मादल वा ढोलकको तालमा लठ्ठिलाई जुधाउने गरिन्छ ।

लठ्ठिकै प्रयोग हुने थारु समुदायको अर्को नाच हो मेडरी नाच । मेडरीको अर्थ गोल घेरा हो । महतोका अनुसार मेडरीमा गोली घेरा लगाई ठुला ठुला ढोलक बजाउने गरिन्छ । ढोलकको तालमा लठ्ठि घुमाउने गरिन्छ । यस नाचमा लठ्ठि नजुधाई एक्लैले घुमाउने गरिन्छ ।

पहिचाननै राष्ट्रियता भएको र थारु समुदायको पहिचान लाठिनाच बन्दै गएको महतोले बताउनुभयो । जोखीम र बल पूर्वक खेलीने यहि नाच हेर्न बिदेशी पर्यटक नेपाल आउने गरेको समेत उहा“ले बताउनुभयो । ‘नेपालमा लाठि नाच हेर्न पाईन्छ भन्ने सन्देश प्रवाहा भएको छ ’महतोले भन्नुभयो –यसले नेपालकै लागि एउटा सास्कृतीक पहिचान बनाउने बिश्वास छ ।

लाठि नाच अहिले धेरैको रोजि रोटि बनेको उहा“ले बताउनुभयो । जिल्लामा हुने बिभिन्न कार्यक्रममा लाठि नाच प्रस्तुत हुने गरेकाछन् । लाठि नाच प्रस्तुत गर्ने बिभिन्न समूहहरु गठन भएका छन् । उनिहरुले बिभिन्न कार्यक्रममा नाच प्रस्तुत गरेर आम्दानी गर्दै आएका छन् ।

‘लाठि नाच अहिले हाम्रो प्रमुख नृत्य भएको छ , यो थारु समुदायको परम्परागत नाच हो ’ लठ्ठि नाच प्रस्तुत गर्ने एक कलाकार छन्नुराम महतोले भन्नुभयो–लाठि नाचले धेरैलाई आकर्षित समेत गरेको छ ।

महतो कावासोतीमा थारु समुदायले संचालन गरेको अमलटारी घरबासमा लठ्ठि नाच प्रस्तुत गर्दै आउनुभएको छ । घरबासमा आउने हरेकले लाठि नाच हेर्न रुचाउने गरेको उहा“ले सुनाउनुभयो । घरबासमा आउने पाहुनालाई थारु सस्कृती प्रस्तुत गर्दा निश्चित शुल्क लिएर लठ्ठि नाचनै देखाउने गरिएको उहा“ले बताउनुभयो । लठ्ठिनाच अवलोकनकै लागि घरबासमा आउने पर्यटकको संख्या उल्लेख्य हुने गरेको उहा“ले बताउनुभयो ।

लाठि नाच(स्टिक डान्स) देखाउदै आम्दानी संगै समुदायको सस्कृतिक पहिचान हो भन्ने स्थापित समेत गराउन सफल भएको उहा“ले सुनाउनुभयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu