शेर्पा नेपाली समुदायको महानपर्व ग्याल्पो ल्होसार मलेसियामा फेब्रुअरी ६ तारिख भब्य मनाउने

Wednesday, 9 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेशिया := " भाषा धर्म संस्कृति,कला हाम्रो पहिचान ,जातिय र सामाजिक सदभाव हाम्रो स्वाभिमान " भन्ने मुल नाराको साथ शेर्पाहरुको महानचाड २१४६ औं स मो फाग लो ( ग्याल्पो ल्होसार ) कार्यक्रम २०७५ मलेसियामा भब्य मनाउने भएको छ ।

रोजगारीको सिलसिलामा मलेसियामा बसोबास गरिरहेका नेपाली शेर्पा समुदायको युवा,युवती,बुद्धिजीवीहरु एकभैइ शेर्पा किदुग मलेसियाको अगुवाईमा शेर्पा जातीको मुख्य चाड ग्याल्पो ल्होसार अर्को महिनाको फेब्रुअरी ०६ तारिख बुधबारको दिन एरेना स्टार होटलमा एक विशेष कार्यक्रमको आयोजना गरी देशमा मात्रै नभैई बिदेशमा पनि आफ्नो कला,धर्म,संस्कृतिलाई जोगाउन र बिश्वसामु चिनाउन ल्होसार आयोजना गर्न लागेको शेर्पा किदुग मलेसियाको महासचिव आङ् फुर्वा शेर्पाले बताए।

कार्यक्रमको उद्घाटन आचार्य कर्मा रिन्छेन शेर्पाले गर्ने तय भएको र नेपालबाट आफ्नो मनमोहक कलाप्रतिभा देखाउन ,दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउन अतिथि कलाकार,गायक लाक्पा शेर्पा (आमोद),डि.जे. छेवाङ् शेर्पा , कार्यक्रम सञ्चालिका पशी शेर्पा लगायतको विशेष उपस्थिति रहनेछन् भने स्थानीय कलाकारहरु रमित लामा,छिरिङ शेर्पा , फुर्वा के.शेर्पा लगायत अन्य कलाकारहरुको साङ्गितिक प्रस्तुति रहने महासचिव फुर्वाले भने।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu